धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या
जानकारी केन्द्र
२०८०, भाद्र, १
बाँके । वढैयाताल गाउँपालिका-१ सानोडाँफेमा शुक्रबार पतिले पत्नीको हत्या गरेका छन् । ५० वर्षीय कृपाल सुनारले श्रीमती केशकुमारी विकको हत्या गरेको जिल्ला प्रहरी कार्यालय बर्दियाका सूचना अधिकारी एवं डिएसपी हिक्मतबहादुर बोहोराले बताए ।
‘घरदेखि करिब ५ सय मिटर दुरीमा स्थानीय जुहारीलाल ऐरीको खेतमा केशकुमारी घाँस काटिरहेको समयमा धारिलो हतियारले घाँटीमा प्रहार गरी हत्या गरेको डिएसपी बोहोराले जानकारी गराए ।‘सुनारले धारिलो हतियार प्रयोगपछि धानखेतमा लडाई थिचेर श्रीमतीको हत्या गरेको देखिएको छ ।’ उनले भने ।
घटनालगत्तै ईलाका प्रहरी कार्यालय, मैनापोखरबाट प्रहरी टोली पुगेर सुनारलाई नियन्त्रणमा लिएको छ । उनीमाथि कर्तव्य ज्यान मुद्दामा थप अनुसन्धान भइरहेको डिएसपी बोहोरालो बताए ।
सम्बन्धित समाचार
स्वरोजगार लघुवित्त र विन नेपाल लघुवित्तको एकीकृत कारोबार शुभारम्भ
मधेशको धान खेतीमा सिँचाइ संकट,५०.५६५ क्षेत्र अझै सुविधाविहीन
आज देशभर भारी र मध्यम वर्षाको सम्भावना
मेक्सस द्वारा विपद् प्रभावित समुदायका लागि रु.८० लाख बराबरको राहत सहयोग प्रदान
बाढीपीडितको सम्पर्क सहज बनाउन एनसेलको निःशुल्क सेवा
जेकु जे ५ अब दुई भेरियन्टमा उपलब्ध, मूल्य रु. ४७.९९ लाखदेखि
ट्रेन्डिङ
२०८३ भदौं २० गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १९ गते शुक्रबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १६ गते मंगलबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
सुन-चाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?
नाडाद्वारा बाढीपीडितका लागि राहत स्वरुप १० लाख रुपैयाँ सहयोग

