Jankari Kendra
३० श्रावण २०८३, शनिबार
Worldlink

सुदूरपश्चिममा आज ‘ओल्के’ पर्व मनाइँदै, प्रदेशभर सार्वजनिक बिदा

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८०, भाद्र, १
सुदूरपश्चिममा आज ‘ओल्के’ पर्व मनाइँदै, प्रदेशभर सार्वजनिक बिदा

काठमाडौं । आज भदौ १ अर्थात् ओल्के पर्व। पिँडालुको कलिलो पात, दूध, दहीलगायत वस्तु सम्मानस्वरुप आफ्ना छरछिमेकीहरुलाई बाँडेर मनाइने ओल्के संक्रान्ति आज सुदूरपश्चिम प्रदेशमा हर्षोल्लासपूर्वक मनाइँदै छ। ओल्के पर्वका अवसरमा शुक्रबार सुदूरपश्चिम प्रदेश सरकारले सार्वजनिक बिदा दिएको छ।

आज सुदूरपश्चिमका सबै सरकारी कार्यालय तथा सार्वजनिक निकाय बिदा हुने सुदूरपश्चिम प्रदेश सरकारले जनाएको छ। साउने झरी सकिएलगत्तै प्राकृतिक प्रकोपबाट बाँचिएको खुसीयालीमा सुदूरका पहाडी जिल्लामा ओल्के पर्व मनाउने चलन छ।

ओल्को भन्नाले सम्मानित व्यक्तिलाई दिइने केही ‘उपहार’ वा ‘कोसेली’लाई जनाउँछ। आफूभन्दा ठूलाबडा, मान्यजन वा ज्येष्ठ नागरिकलाई सम्मानस्वरुप कर्कलाको भित्री पात, फलफूल आदि दिनु, मीठो–मसिनो खानु, हातमा मेहेन्दी लगाउनु यस पर्वको विशेषता रहिआएको छ।

विगतमा वर्षा याममा दादुरा, झाडापखाला, लुतो, हैजा जस्ता रोग लाग्ने भएकाले त्यस्ता रोगबाट बाँचिएको खुशी साट्न ओल्के त्यार मनाउँदै आएको बताइएको छ ।

साउन महिनाको समाप्ति भइ भाद्र महिना प्रारम्भ भएसंगै ओल्के पर्वको दिनदेखि सुदूरपश्चिमवासीको जनजीवनमा गौरा र तीज जस्ता पर्वको रमझम पनि सुरु हुने गरेको छ ।

पौराणिक किंबदन्ती अनुसार यस पर्वमा बूढी अर्थात राक्षसी पुतनालाई भगवान श्रीकृष्णले मारेपछि उहाँका साथीहरु ९ग्वालाहरु० ले पुतनाको शव दहन गरेको मान्यता अनुसार बूढी पोल्ने गरिन्छ ।

ओल्के पर्वलाई विभिन्न किसिमले मनाइने गरिए पनि यसको मूल सन्देश आपसी मित्रता र भाइचाराको गाँठो बलियो पार्नु रहेको छ ।

naima expoTop Changing Nepal

युट्युब सट्स