बुबाआमाको सम्झनामा मन्त्री किरातीले रोपे बरपिपल
काठमाडौं । सस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले बुबाआमाको सम्झनामा बरपिपल रोपेका छन् । आज (शनिबार) मन्त्री किरातीले स्वर्गीय बुबाआमाको सम्झनामा पशुपतिमा बरपिपल रोपेका हुन् ।
मन्त्री किरातीकाका बुबा हर्कबहादुर राईको ७६ वर्षको उमेरमा गत बुधबार बिहान ४ बजे निधन भएको थियो भने उनकी आमा रक्षकुमारी राईको निधन भएको लामो समय भइसकेको छ । समय र स्वास्थ्यले साथ दिएसम्म बुबाआमाको नाममा थप सामाजिक र सिर्जनात्मक गर्दै जाने उनले प्रतिवद्धता व्यक्त गरेका छन् ।
‘सम्झनामा बुबा र आमा बर र पिपल हुनुभयो । पितृको संसारमा जानु भएको बुबा र आमाको सम्झनामा प्रकृतिको लागि पशुपतिमा वर र पिपल रोपियो । सँगै आजैबाट बुबाको काम सकियो । समय र स्वास्थ्यले साथ दिएमा थप सामाजिक र सिर्जनात्मक काम उहाँहरुको नाममा गर्दै जानेछु,’– मन्त्री किरातीले सामाजिक सञ्जालमा लेखेका छन् ।


सम्बन्धित समाचार
अत्याधुनिक फिचरले भरिएको फराइजनको भी ७ ई ईभी भ्यान नाडा अटो शोमा सार्वजनिक
नाडा अटो शोमा हाइगरको ३१ सिटे प्रिमियम ईभी कोच सार्वजनिक
आज देशका विभिन्न स्थानमा मध्यमदेखि भारी वर्षाको सम्भावना
ग्राहकको मागपछि जेको जे५ प्रो को विशेष अफर : अब रु. ४७ लाख ९९ हजारमै
टोयोटाको विजय उत्सव सुरु : दशैंसम्म आकर्षक अफर
कामना सेवा विकास बैंकले बोलायो साधारणसभा, १५ प्रतिशत नगद लाभांश प्रस्ताव
ट्रेन्डिङ
२०८३ भदौ ५ गते शुक्रवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नामी भिगो ई २ रु. ३५.९९ लाखमा सार्वजनिक : सर्वाधिक स्पेस, फिचर्स र उत्कृष्ट पर्फर्मेन्ससहितको फुल-एसयूभी
२०८३ भदौ ४ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ८ गते सोमबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नेपाल बैंकको आकर्षक अटो लोन अफर : नाडा अटो शोमा आधार दरमा ०.४९ प्रतिशत प्रिमियममै कर्जा

