न्यूयोर्कमा विश्व आदिवासी दिवस भव्यताका साथ मनाइयो
काठमाडौं । अमेरिकाको न्यूयोर्कमा विश्व आदिवासी दिवस भव्यताका साथ मनाइएको छ । २९ औं विश्व आदिवासी दिवसको अवसरमा नेपाल आदिवासी जनजाति महासंघ अमेरिका (फिप्ना) ले शनिबार न्यूयोर्कमा झाँकी सहितको ऱ्याली कार्यक्रम भब्यरुपमा सम्पन्न गरेको हो ।

राई, लिम्बु, गुरुङ, ह्योल्मो, मगर, तामाङ, मुस्ताङ, नेवार, थारु लगायतका जातिय संस्थाहरुले आ(आफ्नो संस्थागत ब्यानर र जातीय भेषभुषामा आकर्षक रुपमा झाँकी प्रदर्शन गरेर आफ्नो जातिय पहिचान र संस्कृतिको जगेर्ना र सम्बर्द्धन गर्ने काम गरेका छन् ।

नेपाली समुदायको उल्लेख्य जनसहभागितामा सो ऱ्याली नेपाल डे परेडको झल्को आउने गरी भव्यताका साथ सम्पन्न भएको थियो । सो आकर्षक ऱ्याली न्यूयोर्कमा रहेका विभिन्न मुलुकका मानिसहरुले रुचीपूर्वक अवलोकन गरेका थिए ।

कार्यक्रममा नेपाल सरकारको तर्फबाट न्यूयोर्क स्थित नेपाली महावाणिज्य दूतावासका वाणिज्यदूत गणेश अधिकारी समेत न्यूयोर्क सिटी काउन्सिलका मेम्बरहरु, विभिन्न संघ संस्थाका प्रतिनिधि, समाजसेवी र आम समुदायको उपस्थिति रहेको थियो ।
सम्बन्धित समाचार
आईसीसी क्रिकेट विश्वकप छनोटको प्लेअफ डिसेम्बर ४ देखि नेपालमा आयोजना हुने
एनपीएलका सम्पूर्ण खेललाई आईसीसीको लिस्ट ‘ए’ टी–२० मान्यता
दसैँमा यात्रुलाई सहज बनाउन काठमाडौं उपत्यकामा प्रहरीको निःशुल्क बस सेवा
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
ट्रेन्डिङ
यस दशैं, एलिकासँग भान्सामा भित्र्याऔँ ताजगी र खुसी
वीरगंजमा नयाँ शोरूम संचालनमा ल्याउँदै कजारिया रमेश टायल्सको बजार विस्तार
टिकटकको एआई कन्टेन्टमा कडाइ: ८ करोड ६० लाख नक्कली अकाउन्ट हटाइयो, ३ अर्ब भिडियोमा एआई लेबल
कोका–कोलाको ‘भरौँ खुसी’ अभियान, हवाई र बस टिकट जित्ने मौका
बिटुमिन र असफाल्टबाट सडक निर्माणमा रोक लगाउने सरकारको निर्णय
