ग्लोकल टीन हिरो नेपाल २०२३ को उपाधि जितिन श्रुति तिवारीले
काठमाडौं । ग्लोकल प्रालिद्वारा आयोजित ग्लोकल टीन हिरो २०२३ को उपाधि श्रुति तिवारीले जित्न सफल भएकी छिन्। किशोरकिशोरीहरुमा भएको प्रेरणा र उत्साहलाई प्रस्फुटन गरी उनीहरुले समाजमा गरेको प्रभावकारी कार्यलाई कदर र अरु माझ चिनाउने कार्यक्रम गोल्छा ग्रुपद्वारा प्रस्तुत ग्लोकल टिन हिरो नेपालको यो नवौं संस्करण हो ।
गोल्छा गु्रपद्वारा प्रस्तुत ग्लोकल टिन हिरोका अन्तिम ६ प्रतिस्पर्धी आर्यन सिग्देल, शिक्षक र अभियन्ता, तनहुँस अतिथ अधिकारी, सामाजिक उद्यमी, बाँके स माधव खनाल, लेखक, लमजुङस निराजन रिमाल, विज्ञान उत्साही, काठमाडौंस प्रीति पन्थ, सामाजिक अभियन्ता, गुल्मी र श्रुति तिवारी, वातावरण अभियन्ता, धनुषा बीच प्रतियोगिताको बिजेता चयन गरिएको थियो ।
श्रुति तिवारी समाजमा सकारात्मक परिवर्तन ल्याउने आफ्नो समर्पणलाई देखाउँदै विभिन्न सामाजिक र वातावरणीय पहलहरूमा सक्रिय रूपमा संलग्न छिन्। बाल अधिकारका लागि उनले बालविवाह र दुर्व्यवहारको बारेमा सचेतना जगाएकी छिन्, र बालबालिकाको भविष्य सुरक्षित गर्न एकिक्रिट चाइल्ड क्लब जस्ता संस्थाहरूसँग साझेदारी गर्दै छिन् ।
उनको बाल अधिकारको लागि संलग्न हुनुले बालबालिकाको सुरक्षा र भविष्यको लागि गरेको प्रयासलाई दर्शाउँछ। विवाह परिप्रेक्ष्यमा बालविवाह र दुर्व्यवहारको खिलाफ सचेतना जगाउँदा उनको योगदान अत्यधिक महत्त्वपूर्ण छ ।

सम्बन्धित समाचार
रामाडा बाइ विन्डह्यामको गन्तव्य प्रवर्द्धन यात्रा, पूर्वी नेपाललाई पर्यटनको नयाँ केन्द्र बनाउने लक्ष्य
विराटनगरमा खुल्यो नेपालको सबैभन्दा ठूलो २८ औँ सीजी डिजीटल शोरुम
भेस्पाको नयाँ १५० सीसी स्कुटर असोज २६ गते सार्वजनिक हुँदै
काठमाडौँको सफलतापछि अब क्षेत्रीय २० शहरहरूमा एकै साथ नयाँ ‘ब्लु यामाहा एक्सएसआर १५५’ को अनावरण
आज तराईका केही भूभागमा बिहानपख हुस्सु लाग्ने
राष्ट्रिय परिचयपत्र नहुँदा पनि बैंकिङ सेवा लिन सकिने
ट्रेन्डिङ
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
ब्ल्याक+डेकरको ”दशैं विथ ब्ल्याक+डेकर” योजना सार्वजनिकः बम्परमा भियतनाम भ्रमणको अवसर
एनपीएलका लागि कीर्तिपुर मैदान तयार, फ्लडलाइटसहित नयाँ स्वरुपमा
भृकुटीमण्डपमा बजाजको ‘गेम अफ पावर’ एक्सचेन्ज कार्निभल सुरु
एनपीएल सिजन ३ मा ओमोडा एन्ड जेइकु र सिद्धार्थ बैंकको विशेष सहकार्य
