कार्यालयमै चार प्रमुखहरुको मस्ती, एक प्रहरीको चिसो सिढिमा
काठमाडौं । पछिल्लो समय निजामती क्षेत्र बदनाम भइरहेको छ । कर्मचारीहरुको भ्रष्टाचारजन्य गतिविधिका कारण बदनाम हुँदै गएको निजामती क्षेत्र झनै कलकिंत बन्न पुगेको छ, कार्यालय प्रमुखहरुको यौनजन्य गतिविधिका कारण ।
पछिल्लो दुई महिनामै चार जना कार्यालय प्रमुखहरु यस्तै अश्लिल हर्कतका कारण बदनामीमा मुछिएका छन् । एक प्रहरीको चिसो सिढिमा पुगेका छन्, एक जना हिरासतमा छन् ।
यस्तै एक उपसचिव सामान्य प्रशासनको अतिरिक्त समूहमा तानिएका छन् । हिजैमात्र अर्का एक कार्यालय प्रमुख र लेखा प्रमुखको अश्लिल हर्कतले सामाजिक सञ्जाल रंगिएको छ ।
गत श्रावण दोश्रो साता दमक नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत डम्बरु निरौलाले पालिकाको क्वार्टरभित्रै एक डिभोर्सी महिलासँग मदिरामा लठ्ठ भएर चुम्बन गरेको भिडिओ सामाजिक सञ्जालमा छरपष्ट भएको छ ।
क्वार्टरभित्रै महिलासँग अनैतिक गतिविधिको भिडियो सामाजिक सञ्जालमा ‘भाइरल’ भएपछि सामान्य प्रशासनले अत्तिरिक्त समूहमा राखेको छ गत २४ साउन गतेदेखि ।
डमरुको ठाउँमा सामान्यले उपसचिव गणेशराज कार्कीलाई खटाएको छ । दुई छोरी सहित श्रीमती सिनामंगलमा बस्दै आएकी छिन् । परस्त्रीसँग अश्लिल हर्कतमा जोडिएका डम्बरु अहिले सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा तानिएका छन् ।
यो प्रकरण साम्य हुन नपाउँदै अर्को कार्यालय प्रमुख प्रहरीको फन्दामा परे । घरमा काम सघाउने युवतीमाथि यौन शोषण गरेको प्रमाण भेटिएपछि इञ्जिनियर हरिकुमार पोखरेल अहिले प्रहरीको चिसो सिढिमा पुगेका छन् ।
मध्यपहाडी लोकमार्ग आयोजनाका निर्देशक इञ्जिनियर पोखरेललाई काठमाडौं जिल्ला अदालतले जर्बजस्ती करणी मुद्धामा पुर्पक्षका लागि थुनामा पठाइसकेको छ ।
आइतबारमात्र चितवनस्थित जिल्ला तथ्यांक कार्यालयका हाकिमले कार्यालय सहयोगीलाई पटक पटक यौन शोषण गरेको आरोपमा प्रहरी हिरासतमा पुगेका छन् ।
३५ बर्षीया कार्यालय सहयोगीलाई पटक पटक यौन शोषण गरेका र गर्भ बसेपछि क्लिनिकमा गर्भ पतन गराउन खोज्दा अत्याधिक रक्तश्राप भएर भरतपुर अस्पतालमा पुर्याइए पछि हाकिमले कार्यालय सहयोगीमाथि गर्ने गरेको यौन शोषणको बिषय बाहिर आएको हो ।
श्रीमानले दोश्रो विवाह गरेपछि आफ्नो पतीसँग अलग बस्दै आएकी र साहाराविहिन कार्यालय सहयोगी महिलालाई हाकिमले डर,धम्की देखाउँदै पटक पटक यौन शोषण गर्ने गरेको रहष्य उनी उपचारका लागि भरतपुर अस्पतालमा पुगेपछि खुलेको हो ।
गत भदौं १२ गते ४ महिना पूरा भइसकेको गर्भ पतन गराइएपछि अत्याधिक रक्तश्राप भएका कारण ती कार्यालय सहयोगी महिलालाई अहिले भरतपुर अस्पतालको आइसियूमा राखेर उपचार भइरहेको अस्पतालले जनाएको छ ।
यसरी कार्यालय सहयोगीमाथि यौन शोषण गर्न हाकिम हुन यज्ञमूर्ति भण्डारी, जो जिल्ला तथ्यांक कार्यालय चितवनका प्रमुखको जिम्मेवारीमा छन् ।
यो प्रकरण बाहिरिएपछि तथ्यांक कार्यालय प्रमुख भण्डारीलाई हिरासतमा लिएर आइतबार जबरजस्ती करणीअन्तर्गत मुद्दा दर्ता गरी अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
यता, मंगलबार अर्को सनसनी फैलियो । इलामस्थित माईजोगमाई गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत काजीमान राई र त्यहीँको लेखा प्रमुख रेश्मा राईबीच कार्यालयभित्रै यौनजन्य गतिविधि समेटिएको भिडियो ।
सामाजिक सञ्जालमा भेटिएको भिडियोमा लेखा अधिकृत आफ्नो कार्यकक्षमा पस्दै गर्दा अंकमाल गर्दछन् । महिला अधिकृत आफ्नो कुर्सीमा बसिसकेपछि चुम्बन गर्नेदेखि वक्षस्थल मसार्ने, हात सुम्सुम्याउने लगायतका अश्लिल हर्कत कार्यकक्षमै गरिएको देखिन्छ ।
राई गत माघदेखि सो पालिकाको प्रमुख प्रशासकीय अधिकृतको रुपमा खटिएका छन् । उनी विवाहित रहेको बताइएको छ । यस अघि चुलाचुली गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत हुँदा राईले इन्टेग्रीटी आइकन अवार्डसमेत हात पारेका थिए ।
पछिल्ला महिना दिनमै चार जना कार्यालय प्रमुखहरु यस्ता अश्लिल हर्कतमा सामेल हुनुले निजामती सेवा कुन दिशातर्फ जाँदैछ गम्भीर प्रश्न उब्जाएको छ ।
सम्बन्धित समाचार
रामाडा बाइ विन्डह्यामको गन्तव्य प्रवर्द्धन यात्रा, पूर्वी नेपाललाई पर्यटनको नयाँ केन्द्र बनाउने लक्ष्य
विराटनगरमा खुल्यो नेपालको सबैभन्दा ठूलो २८ औँ सीजी डिजीटल शोरुम
भेस्पाको नयाँ १५० सीसी स्कुटर असोज २६ गते सार्वजनिक हुँदै
काठमाडौँको सफलतापछि अब क्षेत्रीय २० शहरहरूमा एकै साथ नयाँ ‘ब्लु यामाहा एक्सएसआर १५५’ को अनावरण
आज तराईका केही भूभागमा बिहानपख हुस्सु लाग्ने
राष्ट्रिय परिचयपत्र नहुँदा पनि बैंकिङ सेवा लिन सकिने
ट्रेन्डिङ
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
ब्ल्याक+डेकरको ”दशैं विथ ब्ल्याक+डेकर” योजना सार्वजनिकः बम्परमा भियतनाम भ्रमणको अवसर
एनपीएलका लागि कीर्तिपुर मैदान तयार, फ्लडलाइटसहित नयाँ स्वरुपमा
भृकुटीमण्डपमा बजाजको ‘गेम अफ पावर’ एक्सचेन्ज कार्निभल सुरु
एनपीएल सिजन ३ मा ओमोडा एन्ड जेइकु र सिद्धार्थ बैंकको विशेष सहकार्य
