अब अाफ्नै क्षेत्र बाट यसरी पुलिस रिपोर्ट बनाउन सकिन्छ- जानकारी केन्द्र
प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान बिभाग चालचलन शाखाबाट बितरण हुदै आइरहेको प्रहरी चारित्रीक प्रमाणपत्र (Police Verification Report ) को दर्ता तथा बितरण आज आइतबारदेखि पाँच वटै क्षेत्रका प्रहरी कायार्यलयबाट गरिने भएको छ । प्रहरी चारित्रिक प्रमाणपत्र लिनेहरुको अत्याधिक चाप बढेकाले सेवाग्राहीको सुविधालाई मध्यनजर राखी क्षेत्रीय प्रहरी कार्यालयहरु बिराटनगर, हेटौडा, पोखरा र मध्य पश्चिम क्षेत्र अन्तर्गत अंचल प्रहरी कार्यालय भेरी र सदुर पश्चिम क्षेत्र अन्तर्गत अंचल प्रहरी कार्यालय सेतीबाट निवेदन दर्ता तथा प्रमाणपत्र बितरण गरिने भएको हो । यसअघि रहेको प्रमाणपत्रका लागि काठमाडौँ आउन पर्ने बाध्यात्मक अवस्थाका कारण सेवाग्राहीलाई असुविधा भइरहेको हुदाँ क्षेत्रबाटनै दर्ता तथा बितरण व्यवस्था मिलाइएको हो । दर्ता गरेको निवेदन संकलन गरी एकमुष्ट प्रहरी प्रधान कार्यालयमा पठाउने र त्यस्ता निवेदकको आपराधिक अभिलेख जाँच गरेपश्चात प्रहरी प्रधान कार्यालयबाट प्रमाणपत्र जारी गरी सम्बन्धित कार्यालयबाट नै बितरणका लागि पठाइदिने व्यवस्था मिलाएको छ । चारित्रिक प्रमाणपत्रका लागि आइतबार देखि विहिबारसम्म निवेदन दर्ता गर्ने र निबेदन दर्ता गरेको अर्को हप्ताको बुधबारका दिन सम्बन्धीत व्यक्तिले प्रमाणपत्र पाउने छन् । विदेशमा भएका नेपाली, विदेशी नागरिक र शरणार्थीहरुका लागि प्रहरी प्रधान कार्यालय चालचलन शाखाबाट मात्रै निवेदन दर्ता तथा प्रमाणपत्र वितरण गरिदै आएको व्यवस्था यथावत राखिएको नेपाल प्रहरीले जानकारी केन्द्र लाइ बताएको छ ।
सम्बन्धित समाचार
अब एटीएमबाटै १०० रुपैयाँका नोट निकाल्न मिल्ने
तीजदेखि ऋषिपञ्चमीसम्म: परम्परा, चेतना र परिवर्तनको यात्रा-क्षितिज विक्रम खनाल
एनसेलले बाढी प्रभावित क्षेत्रमा स्याटलाइट प्रविधिमार्फत सञ्चार सेवा उपलब्ध गराउँदै
उपत्यकाको ग्यास अभाव सहज बनाउन उद्योगमन्त्रीको निर्देशन्
बाढीपीडितको सम्पर्क सहज बनाउन एनसेलको निःशुल्क सेवा
अलपत्र यात्रुको उद्धारमा काठमाडौं महानगरको निःशुल्क यातायात सेवा
ट्रेन्डिङ
२०८३ भदौ ३० गते मङ्गलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ३१ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ?
भोटेकोशी बाढीपीडितलाई सरकारले बनाइदिने भयो नयाँ रेडिमेड घर
राष्ट्र बैंकले आजदेखि चलनचल्तीमा ल्यायो नयाँ ५० रुपैयाँको नोट

