एसिया कपमा आज भारत र पाकिस्तान भिड्दै
काठमाडौँ । एसिया कपमा आज भारत र पाकिस्तान खेल्दै छन्। श्रीलंकाको कोलम्बोस्थित आर प्रेमदासा स्टेडियममा नेपाली समय अनुसार आज अपराह्न सवा तीन बजेदेखि खेल सुरू हुनेछ।
भारत-पाकिस्तानको आजको खेल सुपर फोर अन्तर्गतको खेल हो। आजको खेल पूरा ओभर खेलाउनका लागि ‘रिजर्भ डे’ राखिएको छ।
यसअघि समूह चरणमा भारत-पाकिस्तानबीचको खेल वर्षाका कारण रद्द भएको थियो। चिर परिचित प्रतिद्वन्द्वी भारत र पाकिस्तान चार वर्षपछि एकदिवसीय क्रिकेटमा आमनेसामने भएका हुन्।
सन् २०१९ को एकदिवसीय विश्वकपमा भारत र पाकिस्तान भिडेको पछिल्लो एकदिवसीय खेल हो। सो खेलमा भारत डिएल मेडथमा ८९ रनले विजयी भएको थियो।
त्यसपछि भारत र पाकिस्तान टी-२० खेलमा मात्र प्रतिस्पर्धा गरेका थिए। सुपर फोरमा पाकिस्तानले दोस्रो खेल खेल्दैछ। यसअघि बुधबार बंगलादेशलाई ७ विकेटले हराएर पाकिस्तानले सुपर फोरमा सुखद सुरुवात गरिसकेको छ।
सुपर फोर अन्तर्गत हिजो भएको खेलमा पनि बंगलादेश श्रीलंकासँग २१ रनले पराजित भएको थियो। सुपर फोरबाट शीर्ष स्थानमा पुग्ने २ टिमले उपाधिका लागि भिड्नेछ्न्। भारतविरूद्धको खेलका लागि पाकिस्तानले शनिबार नै टिम घोषणा गरिसकेको छ।
पाकिस्तान टिममा बाबर आजम (कप्ता), शादब खान (उपकप्तान), फखर जमन, इमाम उल हक, सलमान अलि अघ, इफ्तिखर अहमद, मोहम्मद रिजवान, फहिम असरफ, नसीम शाह, शाहिन शाह अफ्रिदी र हरिश रौफ छन् ।
भारतले टिम घोषणा गरिसकेको छैन। उसले केएल राहुललाई आजको खेलमा समावेश गर्ने चर्चा छ।
सम्बन्धित समाचार
५० वर्षमा बदलिएको नेपालको अटोमोबाइल यात्राः आयातकर्ताबाट उत्पादन तर्फको सुरुवात
बलात्कार आपापितको भिडियो खिच्ने हवल्दार पक्राउ
नागढुंगा सिस्नेखोला सुरुङमार्ग निजी सवारीसाधनका लागि पनि खुल्ला
नयाँ नामी बक्स चाँडै आउँदै-नाडा अटो शो २०२६ मा सार्वजनिक गरिँदै
यस्तो छ आजको मौसम पुर्वानुमान
बीरगञ्जमा प्रोटोनको ११औँ सोरुम शुभारम्भसँगै ‘ द अल–न्यू प्रोटोन इ.मास ५’ सार्वजनिक
ट्रेन्डिङ
२०८३ भदौ ५ गते शुक्रवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ४ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नामी भिगो ई २ रु. ३५.९९ लाखमा सार्वजनिक : सर्वाधिक स्पेस, फिचर्स र उत्कृष्ट पर्फर्मेन्ससहितको फुल-एसयूभी
२०८३ भदौ २ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नेपाल बैंकको आकर्षक अटो लोन अफर : नाडा अटो शोमा आधार दरमा ०.४९ प्रतिशत प्रिमियममै कर्जा

