Jankari Kendra
१० कार्तिक २०८३, सोमबार

एक आपसमा घरायसी झगडा, श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८०, भाद्र, २६
एक आपसमा घरायसी झगडा, श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु

काठमाडौं । आफ्नै श्रीमानको कुटाइबाट रसुवाको गोसाइँकुण्ड गाउँपालिका वडा नं ६ धुन्चेमा एक महिलाको मृत्यु भएको छ । ६५ वर्षे श्रीमान सुकलाल बि.क.ले श्रीमती सिता बि.क.लाई लठ्ठी प्रहारबाट सोमबार मृत्यु भएको हो ।

एक आपसमा घरायसी झगडा पर्दा श्रीमानको लठ्ठी प्रहारबाट साझ निधन भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डिएसपी) सुवास बुढाथोकीले बताए ।

उक्त शवको मुचुल्का उठाई साढे ७ बजे पोस्टमार्टमको लागि जिल्ला अस्पताल रसुवा धुन्चे पठाइएको छ भने श्रीमानलाई जिल्ला प्रहरी कार्यालय रसुवाले नियन्त्रणमा लिएको छ । घटनाको कारण बारे अनुसन्धान भइरहेको छ ।

Top Changing Nepal

युट्युब सट्स