Jankari Kendra
२२ भाद्र २०८३, सोमबार
Worldlink

एक आपसमा घरायसी झगडा, श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८०, भाद्र, २६
एक आपसमा घरायसी झगडा, श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु

काठमाडौं । आफ्नै श्रीमानको कुटाइबाट रसुवाको गोसाइँकुण्ड गाउँपालिका वडा नं ६ धुन्चेमा एक महिलाको मृत्यु भएको छ । ६५ वर्षे श्रीमान सुकलाल बि.क.ले श्रीमती सिता बि.क.लाई लठ्ठी प्रहारबाट सोमबार मृत्यु भएको हो ।

एक आपसमा घरायसी झगडा पर्दा श्रीमानको लठ्ठी प्रहारबाट साझ निधन भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डिएसपी) सुवास बुढाथोकीले बताए ।

उक्त शवको मुचुल्का उठाई साढे ७ बजे पोस्टमार्टमको लागि जिल्ला अस्पताल रसुवा धुन्चे पठाइएको छ भने श्रीमानलाई जिल्ला प्रहरी कार्यालय रसुवाले नियन्त्रणमा लिएको छ । घटनाको कारण बारे अनुसन्धान भइरहेको छ ।

Top Changing Nepal

युट्युब सट्स