बाँदर नियन्त्रणका लागि फलफूल खेती
धनकुटा । किसानका खेतीपातीमा लाग्ने बाँदर नियन्त्रणका लागि धनकुटाका सामुदायिक वनमा वनजन्य फलफूल खेती सुरु गरिएको छ । कोशी प्रदेश सरकारको १० लाखको सहयोमा आर्थिक वर्ष २०७९/८० देखि डिभिजन जिल्ला वन कार्यालयले उक्त कार्यक्रम सुरुवात गरेको हो । प्रदेश सरकारको ‘प्रदेश वन विकाश कार्यक्रम’अन्तर्गत करिब आठ हेक्टर (१५७ रोपनी) मा फलफूल खेती गरिएको छ ।
जिल्लाका सात वटा सामुदायिक वनमा विभिन्न नौ जातका १२ हजार सात सय वनजन्य फलफूलको बिरुवा रोपिएको कार्यालयका योजना अधिकृत राजन राईले जानकारी दिए । पाख्रिबास नगरपालिकाको जनता सामुदायिक वन, महालक्ष्मी नगरपालिकाको अर्खौले ,छथर जोरपाटी गाउँपालिकाको गोगनपानी, धनकुटा नगरपालिकाको ढोडनी कालीवन र लामाटार, चौबिसे गाउँपालिकाको बुटेनी र सागुरीगढी गाउँपालिकाको जोगीथुम्का सामुदायिक वनमा बिरुवा रोपिएको छ।
प्रत्येक सामुदायिक वनमा कहटहर, अम्बा, अमला, जामुन, लप्सी, बर्रो, ओखर, हलुवाबेद र चिउरीका एक हजार १२ देखि एक हजार १९ वटासम्म बिरुवा रोपिएको उनले जानकारी दिए । वनजन्य फलफूलका बिरुवा रोपेपछि आगामी दिन किसानलाई बाँदरको आतङ्कबाट राहत मिल्ने र वनको जैविक विविधताको संरक्षणमा टेवा मिल्ने कार्यालयका प्रमुख भरतबाबु श्रेष्ठले बताए । “बाँदरले वनमा नै खान पाएपछि किसानलाई दुःख दिनेछैन” उनले भने ।
यस कार्यक्रमलाई निरन्तरता दिँदै यो पनि वर्ष करिब दस हजार वनजन्य बिरुवा रोप्न तयार भइरहेको योजना अधिकृत राई जानकारी दिए । उक्त कार्यक्रमका लागि चालु आर्थिक वर्ष मा प्रदेश सरकारको पाँच लाख बराबरको कार्यक्रम छुट्याएको उनले उल्लेख गरे । जिल्लामा हाल तीन सय ८७ सामुदायिक वन छन् ।
सम्बन्धित समाचार
रामाडा बाइ विन्डह्यामको गन्तव्य प्रवर्द्धन यात्रा, पूर्वी नेपाललाई पर्यटनको नयाँ केन्द्र बनाउने लक्ष्य
विराटनगरमा खुल्यो नेपालको सबैभन्दा ठूलो २८ औँ सीजी डिजीटल शोरुम
भेस्पाको नयाँ १५० सीसी स्कुटर असोज २६ गते सार्वजनिक हुँदै
काठमाडौँको सफलतापछि अब क्षेत्रीय २० शहरहरूमा एकै साथ नयाँ ‘ब्लु यामाहा एक्सएसआर १५५’ को अनावरण
आज तराईका केही भूभागमा बिहानपख हुस्सु लाग्ने
राष्ट्रिय परिचयपत्र नहुँदा पनि बैंकिङ सेवा लिन सकिने
ट्रेन्डिङ
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
ब्ल्याक+डेकरको ”दशैं विथ ब्ल्याक+डेकर” योजना सार्वजनिकः बम्परमा भियतनाम भ्रमणको अवसर
एनपीएलका लागि कीर्तिपुर मैदान तयार, फ्लडलाइटसहित नयाँ स्वरुपमा
भृकुटीमण्डपमा बजाजको ‘गेम अफ पावर’ एक्सचेन्ज कार्निभल सुरु
एनपीएल सिजन ३ मा ओमोडा एन्ड जेइकु र सिद्धार्थ बैंकको विशेष सहकार्य
