नेपालका लागि अमेरिकी राजदूत थम्पसनद्वारा सुवास नेम्वाङप्रति श्रद्धाञ्जली अर्पण
जानकारी केन्द्र
२०८०, भाद्र, २७
काठमाडौं । नेपालका लागि अमेरिकी राजदूत डिन आर। थम्पसनले स्वर्गीय सुवास नेम्वाङप्रति अन्तिम श्रद्धाञ्जली अर्पण गरेका छन् । आज (बुधबार) नेकपा (एमाले) को पार्टी मुख्यालयमा पुगेर थम्पसनले नेम्वाङप्रति श्रद्धाञ्जली अर्पण गरेका हुन् ।
एमाले उपाध्यक्ष तथा संविधानसभाका अध्यक्ष नेम्वाङको हिजो (मंगलबार) विहान हृदयघातका कारण निधन भएको थियो ।
नेम्वाङको पार्थिव शरीर आज दिउँसोसम्म एमाले मुख्यालय च्यासलमा राखिने छ । उनको अन्तिम संस्कार भोलि (बिहीबार) राजकीय सम्मानसहित गरिने भएको छ ।
एमाले पार्टी मुख्यालय च्यासल पुगेर यसअघि शीर्ष नेता, नेपालस्थित् विभिन्न देशका नियोग प्रमुखहरुले नेम्वाङप्रति श्रद्धाञ्जली अर्पण गरिसकेका छन् ।
सम्बन्धित समाचार
फिनोभेटिभ ग्रुपको प्रथम साधारण सभा सम्पन्न, ३ वर्षमा पुँजी ३० करोड पुर्याउने लक्ष्य
एजेन्सी दर्तासम्बन्धी नियम व्यवसायमैत्री बनाउन नाइमाको आग्रह
स्याक्म्यानका एक्स–५०००ई विद्युतीय ट्र्याक्टर र डम्प—ट्रक नेपाल आउँदै
रु.१० मै ‘जात्रा केयर’ बीमा, २ लाख ३० हजार रुपैयाँसम्मको सुरक्षा
रिडाराले ल्यायो ‘चाडपर्वको रोमाञ्चक यात्रा’ अभियान,रिडारा इकोन किन्दा नथिङ फोन ए ४ प्रो सित्तैमा
यस दशैंमा आयोनको विशेष उपहार, आकर्षक अफरसहित तत्काल डेलिभरी
ट्रेन्डिङ
२०८३ असोज ८ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ७ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
इसेवा र सिटिजन्स बैंकद्वारा अपाङ्गता भएका व्यक्तिका लागि ‘स्वावलम्बन कर्जा’ सुरु
२०८३ असोज ६ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

