तीजको मौलिकता हराएकामा चिन्ता
मध्यविन्दु (नवलपरासी) । नवलपरासी (बर्दघाट सुस्तापूर्व) को गैँडाकोट नगरपालिका–१४ का ६६ वर्षीया तेजीकला पाध्याय तीजको समयमा गाइने नारी वेदनाका गीत अझै पनि गुनगुनाउछिन् । पहिले पहिले दिदीबहिनी माइतिघरको पिँढीमा जम्मा भएर गाउने गीत उनको मनसपटलमा अझै ताजै छन् । हिजोआज यस्ता गीत गाउन साथी भेट्नै मुस्किल परेको पाध्यायले सुनाए।
उनले भने, “अहिले वेदनाका गीत गाउन खोजे पनि साथी भेटिदैनन्, सबै पार्टी प्यालेस र होटल जान्छन्, कसलाई वास्ता छैन यस्ता गीतकोे, मलाई त यो संस्कार नै हराउने हो की भन्ने पीर लाग्छ ।” तीज नजिकिँदै गर्दा पहिलेपहिले गाउँघर, चौतारामा महिला दिदीबहिनी दुःखसुखका गीत गाउँदै रमाउने गरेको उनी सम्झिन्छन् ।
आधुनिकतासँगै यो संस्कार पनि हराउन थालेको छ । त्यसका कारण आजभोलिको तीज खल्लो लाग्ने गरेको गैँडाकोटकी रीता कँडेलले बताइन् । साँझ परेपछि पालैपालो छिमेकीको घरमा जम्मा भएर गीत गाउने गरेको सम्झना कँडेललाई अस्ति भर्खर जस्तै लाग्छ । हिजोआज यस्तो रमाइलो नपाउने गरेको उनको भनाइ छ ।
“गीतलाई आधुनिकताले छपक्कै छोपेको छ, देखासेकी बढेको छ, तीज दुःख बिर्साउने होइन खर्च बढाउने चाँड जस्तै बनेको छ, जो मलाई राम्रो लागेको छैन्”, उनले भनिन् । ‘स्पिकर’मा बज्ने गीतले रमाइलो गराए पनि आनन्द भने दिँदैन भन्छन् अर्का स्थानीय सरिता घिमिरे । विगतका दिनमा गाउँघरमा सबै महिला दिदीबहिनी एकै ठाउँमा जम्मा भई दुःखसुखका गीत गाएर, नाचेर वर्षभरिका पीडा भुल्ने गरेको अनुभव उनीसँग छ तर पछिल्लो समय यसमा आएको परिर्वतन उहाँलाई राम्रो लागेको छैन् ।
“पहिलेका गीतमा नारी वेदना हुन्थ्यो, खाना सादा हुन्थ्यो, स्वस्थ हुन्थ्यो, रमाइलो र आनन्द त्यसमा पो थियो”, उनले भनिन्, “अहिलेको तडकभडकमा के नै रमाइलो छ र, मात्र देखावटीपन छ, पहिले खानामा गुन्द्रुक, तामाको तरकारी हुन्थ्यो, अहिले त्यो स्वाद कहाँ हरायो ।”
तीज नेपाली नारीको महान् चाँड हो । यसको अर्को विषेशता नारी वेदना समेटेर गाइने गीत हो । पहिले पहिले तीज आएँसगै गाउँघरका दिदी बहिनी एकै ठाउँमा बसेर दुःख र वेदनाका गीत गाउँथे । पछिल्लो समय यस्तो चलन कम हुँदै गएको छ ।
उनले भनिन्, “एक दशकअघि प्रत्येक घरका पिँढीमा दिदीबहिनी भेला हुन्थे, सुखदुःखका गीत गाउँथे, रमाइलो गर्थे, गाउँघरमा रमाइलो छाउँथ्यो, पीडा र वेदनका गीत पनि गाउँथे, समाजका विकृति र विसङ्गति पनि गीत मार्फत गाउँथे, पर्व एउटा सकारात्मक परिवर्तनका लागि आवाज उठाउने जस्तो थियो, पिँढीमा हुने रमाइलो अहिले पार्टी प्यालेसमा सरेको छ, दुःखसुखका गीतबाट दिदीबहिनी हिन्दी गीतमा पुगिसकेका छन् ।”
यो सांस्कृतिक विरासतको ओरालो यात्रा भएको कतिपयको धारणा छ । नेपाली महिलाहरुले तीजलाई पवित्र पर्वका रुपमा मनाउँदै आए पनि पछिल्लो समय तीज मनाउने शैलीमा तडकभडक र विकृति बढ्दै गएको महिलाहरुले नै गुनासो गरेका छन् । तीजमा गाइने गीत र मनाउने शैलीमा आएको तडकभडकका कारण तिजको मौलिकता हराउँदै गएको छ ।
तीज आउनुभन्दा एक महिना अगाडिबाटै दर खाने प्रचलन बढेको छ । कुनै समय एउटा घरमा जम्मा भएर दर खाने दिदीबहिनी आज भोलि होटल र पार्टी प्यालेसमा भेटिने गरेका कँडेल बताइन् । उनका अनुसार वेदनाका गीतमा नाच्ने महिला अहिले बजारमा आएका रत्यौली गीतमा रमाउँछन् ।
दिन प्रतिदिन परम्परागत संस्कृति र संस्कार अनुसारको नेपाली मौलिकपन हराउँदै गएकामा नयाँ पिँढीका महिला पनि चिन्तित छन् । तर तिजको समयमा यसको मौलिकता बचाउन विभिन्न सङ्घसंस्थाले राख्ने प्रतियोगिताले भने यसको संरक्षणमा थोरै भए पनि टेवा पु¥याएको गैँडाकोटकी सरिता सापकोटाको भनाइ छ । “प्रतियोगिता नै सही यसरी विभिन्न सङ्घसंस्थाले राखेको कार्यक्रमले हराउन लागेको संस्कारलाई बचाउने काम गरेको छ”, उनले भनिन्। महिला दिदीबहिनीले आफ्नै वेशभूषामा सजिएर तीज पर्व मनाउन सके संस्कृतिको संरक्षण हुने अग्रजहरुको सुझाव छ ।
सम्बन्धित समाचार
भेस्पाको नयाँ १५० सीसी स्कुटर असोज २६ गते सार्वजनिक हुँदै
काठमाडौँको सफलतापछि अब क्षेत्रीय २० शहरहरूमा एकै साथ नयाँ ‘ब्लु यामाहा एक्सएसआर १५५’ को अनावरण
आज तराईका केही भूभागमा बिहानपख हुस्सु लाग्ने
राष्ट्रिय परिचयपत्र नहुँदा पनि बैंकिङ सेवा लिन सकिने
एनएमबि बैंकद्वारा सिटीटेक र स्मार्ट च्वाइस टेक्नोलोजिजसँगको सहकार्यमा लुप पर्चेज क्रेडिट र इएमआई सेवा सुरु
टिकटकद्वारा त्रिभुवन विश्वविद्यालयमा न्यू मिडिया स्टोरीटेलिङ सम्बन्धी मास्टरक्लासको आयोजना
ट्रेन्डिङ
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
ब्ल्याक+डेकरको ”दशैं विथ ब्ल्याक+डेकर” योजना सार्वजनिकः बम्परमा भियतनाम भ्रमणको अवसर
एनपीएलका लागि कीर्तिपुर मैदान तयार, फ्लडलाइटसहित नयाँ स्वरुपमा
भृकुटीमण्डपमा बजाजको ‘गेम अफ पावर’ एक्सचेन्ज कार्निभल सुरु
एनपीएल सिजन ३ मा ओमोडा एन्ड जेइकु र सिद्धार्थ बैंकको विशेष सहकार्य
