अत्तरियाबाट डोटीतर्फ जाँदै गरेको ‘अटो रिक्सा’ पल्टियो, दुई युवकको मृत्यु
जानकारी केन्द्र
२०८०, भाद्र, २८
डडेलधुरा । सुदूरपश्चिमका पहाडी सात जिल्ला जोड्ने भिमदत्त राजमार्गमा अटो रिक्सा दुर्घटना हुँदा दुई जनाको घटना स्थलमै मृत्यु भएको छ । एक जना घाइते भएका छन् ।
भिमदत्त राजमार्ग अन्तरगत डडेलधुराको आलिताल गाउँपालिका–१ मेलखर्कमा बुधबार राती अटो दुर्घटना हुँदा डोटीको शिखर नगरपालिका पदम बलायर र केशव महराको मृत्यु भएको छ ।
घाइते वीर बहादुर कुँवरको उपचारका लागि डडेलधुरा अस्पताल ल्याइएको जिल्ला प्रहरी कार्यालय डडेलधुराका प्रहरी निरीक्षक कुसुम बहादुर नायकले जानकारी दिए ।
उनका अनुसार कैलालीको अत्तरियाबाट डोटी तर्फ गाई रहेको अटो रिक्सा बुधवार राती करिब ९ बजे तिर दुर्घटना भएको हो । अटोमा तीन जना मात्रै सवार रहेका थिए । दुर्घटनाको कारण भने खुलेको छैन ।
सम्बन्धित समाचार
आज धेरै ठाउँमा वर्षा, केही स्थानमा भारी वर्षाको सम्भावना
मिड भ्यालीको दोस्रो राष्ट्रिय सम्मेलन सम्पन्न,अनुसन्धान र प्रविधिको प्रयोगमा जोड
ब्रहमाण्डका रहस्य खोतल्न नासाको ‘रोमन स्पेस टेलिस्कोप’ अन्तरिक्षमा
भोटेकोशी बाढीमा १,३५३ को मृत्यु,अझै ४ हजार बेपत्ता
नबिल बैंकले घोषणा गर्यो १५.८० प्रतिशत लाभांश
स्वरोजगार लघुवित्त र विन नेपाल लघुवित्तको एकीकृत कारोबार शुभारम्भ
ट्रेन्डिङ
मेक्सस द्वारा विपद् प्रभावित समुदायका लागि रु.८० लाख बराबरको राहत सहयोग प्रदान
२०८३ भदौं २० गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १९ गते शुक्रबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १६ गते मंगलबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
जेकु जे ५ अब दुई भेरियन्टमा उपलब्ध, मूल्य रु. ४७.९९ लाखदेखि

