म आफूलाई अब्बल राजनीतिज्ञ ठान्दिँन, इमानदार प्रयासमात्रै गर्छु: केपी ओली
काठमाडौं। नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले आफूलाई आफूले अब्बल राजनीतिज्ञ नठानेको बताएका छन् । आज (शनिबार) भक्तपुरको सल्लाघारीमा आयोजित ‘बासँग विद्यार्थी’ कार्यक्रममा बालबालिकाहरुले राखेको जिज्ञासामा जवाफ दिँदै उनले आफूले आर्फैलाई कहिले पनि अब्बल राजनीतिज्ञ नठानेको र देश जनता र राष्ट्रको पक्षमा इमानदार प्रयासमात्रै गरेको बताए ।
‘देशको पूर्वप्रधानमन्त्री र एक अब्बल राजनीतिज्ञबाहेक आफूले आफैंलाई कसरी चिनाउनुहुन्छ रु’ भनि बालबालिकाले गरेको प्रश्नमा ओलीले भने, ‘म आफूलाई अब्बल राजनीतिज्ञ ठान्दिँन, पूर्वप्रधानमन्त्री चाहिँ भएकै हो । अब्बल राजनीतिज्ञ अब तपाईँहरुबाट जन्मिनुपर्छ । नयाँ पिँढीबाट जन्मिनुपर्छ । हाम्रो पिँढीभन्दा तपाईँहरु बढि देशभक्त, विकास प्रेमी, क्लिन, भिजिनरी, कर्मठ र क्रियाशील नेताका रुपमा तपाईँहरु आउन पर्छ ।’
आफूले अहिले पनि नेपालविरुद्धको षड्यन्त्रलाई पराजीत गर्न नसकेको ओलीले बताए । उक्त षड्यन्त्रहरु पराजीत गर्नका लागि नयाँ पिँढी राजनीतिमा आउन पर्ने उनले बताए । नयाँ पुस्ता राजनीतिमा उदायर नेपाललाई साँच्चैको सार्वभौम, स्वाधीन, आफ्नो भूगोलको रक्षा गर्नसक्ने र राष्ट्रिय हितको रक्षा गर्नसक्ने बनाउन पर्ने उनले बताए ।
‘मेरा केही असफलताहरु छन्, मैले नेपालविरुद्धको षड्यन्त्रलाई पराजीत गर्न सकिराखेको छैन । तपाईँहरुले ती षड्यन्त्रलाई पराजीत गर्नपर्छ र नेपाललाई साँच्चैको सार्वभौम, स्वाधीन, आफ्नो भूगोलको रक्षा गर्नसक्ने, राष्ट्रिय हितको रक्षा गर्नसक्ने हुनुपर्छ । म अब्बल राजनीतिज्ञ त भन्न सक्दिँन ।’ उनले भने, ‘म इमानका साथ काम गर्छु । इमानदार प्रयास गर्छु । देशलाई माया गर्छु, जनतालाई माया गर्छु । राष्ट्रको सम्पत्ति धुत्र्याईँ, छलकपटले, चलाखी र भ्रष्टताले आफ्नो बनाउन हुँदैन भन्ने मान्यता राख्छु ।’
सम्बन्धित समाचार
महिलाहरू सम्मान गर्दै इसेवाले आयोजना गर्यो ‘श्रावण र शृङ्गार’ कार्यक्रम
साइमेक्सद्वारा देशभर ‘बीवाईडी अपडेट टु केयर प्लस’ अभियान सुरु, सबै सर्भिस सेन्टरमा लागु
कडा प्रतिबन्धका बिचमा २२ अर्ब डलर कमाउन उत्तर कोरिया सफल
आर्सनलले अनुबन्ध गर्यो गुइमारेसलाई ७५ मिलियन डलरमा
पृथ्वी मुनि विशाल परिमाणमा भेटियो सुन, सतहमा फैलाए ५० सेमी बाक्लो तह
रणवीरको ‘रामायण’ भारतीयले भन्दा पहिला अन्तर्राष्ट्रिय दर्शकले हेर्न पाउने
ट्रेन्डिङ
फिफा १०० औं बर्षमा पुग्दा ६४ टोलीले विश्वकप खेल्न सक्ने, गरिदैँछ अध्ययन्
सुनको मूल्यमा सामान्य गिरावट, चाँदी भने बढ्यो
स्पेनले मोरोक्को फर्कायो झन्डै ७० हजार आप्रवासी, ८३ जनाको मृत्यु
जर्मनीमा अत्याधिक गर्मीले मृत्यु हुनेको संख्या १० हजार नाघ्यो
दक्षिण कोरियामा शताब्दीको सबैभन्दा बढी तापक्रम रेकर्ड, पुग्यो ४२.५ डिग्रि सेल्सियस

