भाट भटेनीको बिर्तामोड शाखा आजबाट सञ्चालनमा
बिर्तामोड । आजबाट सञ्चालनमा आएको नेपालकै ठुलो चेन सुपर स्टोर भाट भटेनी बिर्तामोड शाखाको उद्घाटन गरिएको छ । भाट भटेनी सुपर स्टोर प्रालिका अध्यक्ष मीनबहादुर गुरुङले आज बिहान ६ः३० बजेको शुभ साइतमा आफ्नो २६औँ बिर्तामोड स्टोरको उद्घाटन गरेका हुन् ।
नेवारी सांस्कृतिक बाजागाजासहित उत्तम साइत पारेर गुरुङले स्टोरको उद्घाटन गरेसँगै आजबाट उपभोक्ताका लागि स्टोर खुला गरिनेछ । पूर्व नेपालको प्रमुख व्यापारिक सहर बिर्तामोडको भगवानचोकमा सञ्चालनमा आएको उक्त स्टोर भाट भटेनीको २६औँ स्टोर हो ।
करिब २ लाख ५० हजार स्क्वायर फुट सपिङ स्पेससहित १५ कठ्ठा क्षेत्रफलमा फैलिएको उक्त स्टारमा २ अर्ब रुपैयाँभन्दा बढी लागानी रहेको जनाइएको छ।
स्वदेशी तथा बिदेशी ब्रान्डका उच्च गुणस्तरका सामानहरु पाइने सुपर स्टोरमा झापा जिल्लासहित आसपासका छिमेकी जिल्ला तथा छिमेकी मुलुक भारतका सीमावर्ती सहरबाट समेत ग्राहकहरु किनमेलका लागि आउने विश्वास रहेको अध्यक्ष गुरुङको भनाइ छ ।
उपभोक्तालाई बजार मूल्यभन्दा सस्तो एवम् गुणस्तरीय सामग्री एकै ठाउँबाट उपलब्ध गराइने भएकोले भाटभटेनी यस क्षेत्रका उपभोक्ताको सपिङका लागि पहिलो रोजाइ बन्ने क्षेत्रीय व्यवस्थापक विनोद भट्टराईले बताए । उद्घाटनका आवसरमा ग्राहकलाई इलेक्ट्रोनिक्स सामग्रीमा २० प्रतिशत र अन्य सामानको खरिदमा १० प्रतिशतसम्म छुटको व्यवस्था गरिएको छ ।
स्टोरमा ग्रोसरी, किचनवेयर, रेडिमेड गार्मेन्ट, फुटवेयर, इलेक्ट्रोनिक्स, ब्रान्डेड गार्मेन्ट, ब्रान्डेड फुटवेर, फुडकोर्ट, मल्टिप्लेक्स सिनेमा हल तथा बालबलिकाका लागि किड्सजोन तथा स्केट पार्क लगायतका सुविधाहरु रहेको भाटभटेनीले जनाएको छ ।
सम्बन्धित समाचार
भेस्पाको नयाँ १५० सीसी स्कुटर असोज २६ गते सार्वजनिक हुँदै
काठमाडौँको सफलतापछि अब क्षेत्रीय २० शहरहरूमा एकै साथ नयाँ ‘ब्लु यामाहा एक्सएसआर १५५’ को अनावरण
आज तराईका केही भूभागमा बिहानपख हुस्सु लाग्ने
राष्ट्रिय परिचयपत्र नहुँदा पनि बैंकिङ सेवा लिन सकिने
एनएमबि बैंकद्वारा सिटीटेक र स्मार्ट च्वाइस टेक्नोलोजिजसँगको सहकार्यमा लुप पर्चेज क्रेडिट र इएमआई सेवा सुरु
टिकटकद्वारा त्रिभुवन विश्वविद्यालयमा न्यू मिडिया स्टोरीटेलिङ सम्बन्धी मास्टरक्लासको आयोजना
ट्रेन्डिङ
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
ब्ल्याक+डेकरको ”दशैं विथ ब्ल्याक+डेकर” योजना सार्वजनिकः बम्परमा भियतनाम भ्रमणको अवसर
एनपीएलका लागि कीर्तिपुर मैदान तयार, फ्लडलाइटसहित नयाँ स्वरुपमा
भृकुटीमण्डपमा बजाजको ‘गेम अफ पावर’ एक्सचेन्ज कार्निभल सुरु
एनपीएल सिजन ३ मा ओमोडा एन्ड जेइकु र सिद्धार्थ बैंकको विशेष सहकार्य
