राहत शिक्षकहरुले आज पनि गरे प्रदर्शन, कडा आन्दोलन छेड्ने चेतावनी
काठमाडौं । राहत शिक्षकहरुले आज पनि प्रदर्शन जारी राखेका छन् । संसद्मा दर्ता भएको शिक्षा विधेकयले शिक्षकहरुको माग र मुद्दालाई बेवास्था गरेको भन्दै उनीहरुले गत असोज ३ गतेदेखि देशभरका सामुदायिक विद्यालय बन्द गराएर काठमाडौं केन्द्रीत आन्दोलन सुरु गरेका थिए ।
नेपाल शिक्षक महासंघ र विभिन्न सरोकारवालाहरुको नेतृत्वमा हिजो सरकारसँग ७ बुँदे सहमति भएपनि राहत शिक्षकहरुले उक्त सहमतिमा असन्तुष्टि जनाउँदै आन्दोलन कायम राखेका छन् ।
आफूहरुको माग सहमतिमा नसमेटिएको भन्दै उनीहरुले आन्दोलन जारी राखेका हुन् । सहमतिमा आफ्ना मागहरु नसमेटिने भएपछि राहत शिक्षकका प्रतिनिधि बैठक छोडेर बाहिरिएका थिए । राहत शिक्षक संघ केन्द्रीय समितिका अध्यक्ष खेमराज अधिकारीले सरकार र आन्दोलनरत शिक्षकहरुको सहमतिमा ४५ हजार राहत शिक्षकको माग सम्बोधन नभएको बताए ।
राहत शिक्षक संघ केन्द्रीय समितिका अध्यक्ष खेमराज अधिकारीले राहत शिक्षकलाई आन्तरिक प्रतिस्पर्धाबाट स्थायी गराउन पर्ने आफूहरुको माग भएपनि सहमतिमा ४५ हजार शिक्षकको माग बेवास्ता गरिएको बताए ।
सम्बन्धित समाचार
अण्डाको मूल्य फेरि बढ्यो, बजारमा नयाँ दर लागु
नेप्से परिसूचकमा ७.७९ अंकको गिरावट, ४ अर्बभन्दा बढीको कारोबार
गुगल र मेटा पछि एप्पलले पनि अब स्मार्ट चश्मा ल्याउने
यामाहा नेपाल टिम र डिलर नेटवर्क ‘ब्लु सर्ज – पावरिङ अहेड टुगेदर’ पार्टनर्स मिट २०२६ मा सहभागी हुन पटाया, थाइल्यान्ड प्रस्थान
प्रभु बैंकको संस्थापक सेयर सर्वसाधारणका लागि बिक्री खुला
पहिरो, बाढी र वर्षाका कारण देशभरका विभिन्न राजमार्ग अवरुद्ध
ट्रेन्डिङ
जापानमा शक्तिशाली भुकम्प, सपिङ मलका ३० भन्दा बढी कर्मचारी बेपत्ता
२०८३ साउन १३ गते बुधवार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन १२ गते मंगलबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
अरुवा खोलामा नुहाउने क्रममा डुबेर ९ वर्षीय बालकको ज्यान गयो
अवरुद्ध नारायणगढ-मुग्लिन सडक सञ्चालनमा

