लमजुङ। लमजुङको बेसीशहरमा गुडिरहेको बोलेरो जीपबाट खसेर एक बालकको मृत्यु भएको छ । शुक्रबार बेसीशहर न,पा–३ गाउँ शहरबाट बेसीशहर २ गैह्रीतर्फ जान झर्दै गरेको ग १ ज ७१०१ नम्बरको बोलेरो जीपको पछाडि झुण्डिन पुगेका गाउँशहर मिलनटोलका ६ वर्षिय उज्वल विकको जीपबाट खसेर मृत्यु भएको हो ।
दिउँसो करिब ४ बजे जीपबाट खसेर गम्भिर घाइते भएका विकलाई उपचारका लागी लमजुङ अस्पताल ल्याइएको भएपनि अस्पतालका डाक्टरले उनलाई मृत घोषणा गरेका थिए ।
चालक बेसीशहर– ३ का अन्दाजी २३ वर्षिय सन्देश बोहोरा र बोलेरो जीप प्रहरीको नियन्त्रणमा रहेको छ । घटना बारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ ।


