बाइकमा सवार गर्दा आफ्नै साथीले पछाडिबाट हाने गोली
जानकारी केन्द्र
२०८०, आश्विन, १०
बारा । बाराको पचरौता नगरपालिका ६ लक्ष्मिनियामा गोली हानी एक भारतीय युवकको हत्या भएको छ । लक्ष्मिनियास्थित पोखरी नजिक भारतको मोतिहारी जिल्ला दर्पा थाना सुक्लहिया गाँउ बस्ने २२ वर्षीय अजितकुमार सिंहको गोली प्रहार गरी हत्या भएको हो ।
नेपाल भारत सीमाभन्दा करिब सात सय मिटरभित्र मंगलबार बेलुकी सवा ६ बजे उनको हत्या भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । मृतक सिंह अन्य तीन जना साथीहरूसँग मोटरसाइकल चढेर नेपाल प्रवेश गरेका थिए ।
मोटरसाइकलमा आइरहेका बेला साथीले नै पछाडिबाट गोली प्रहार गरेका थिए । घटनालगतै चारै जना युवक मोटरसाइकलमै चढेर फरार भएका थिए । प्रहरीका अनुसार घट्नास्थलबाट एक थान गोली र एक थान गोलीको खोका बरामद भएको छ ।
सम्बन्धित समाचार
कात्तिक ११ देखि १५ गतेसम्म नेपालमा वर्षा हुन सक्ने सम्भावना
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
फेसबुकको त्रुटि पत्ता लगाउने तनहुँकी सुप्रियालाई मेटाको ३ हजार ७५० अमेरिकी डलर पुरस्कार
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
आईसीसी क्रिकेट विश्वकप छनोटको प्लेअफ डिसेम्बर ४ देखि नेपालमा आयोजना हुने
एनपीएलका सम्पूर्ण खेललाई आईसीसीको लिस्ट ‘ए’ टी–२० मान्यता
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
