टिभी हेर्दा कोठाको बत्ती बन्द गर्ने कि अन राख्ने ?
एजेन्सी । स्मार्ट टिभीको आगमनपछि डिस्प्लेको गुणस्तरमा परिवर्तन आएको छ । बजारमा हरेक रेन्जका टिभी आएपछि अब सबैले राम्रो डिस्प्लेको अनुभव लिन चाहन्छन् । टिभी हेर्दै गर्दा, धेरै पटक हामी बत्तीहरू बाल्ने गछौं र कहिले काहीं हामी पूर्ण अन्धकारमा टिभी हेर्न चाहन्छौं । तर, धेरै पटक यो प्रश्न हाम्रो दिमागमा आउँछ कि टिभी हेर्दा बत्ती बन्द गर्ने कि अन राख्ने ?
अँध्यारोमा टिभी हेर्न मन पराउनुको एउटा कारण यो हो कि यसले सिनेहलमा बसेको जस्तो अनुभूति दिन्छ । तपाई पकैं पनि चलचित्र हेर्न जानुभएको छ, त्यहाँ देख्नु भएको छ कि चलचित्र सुरु हुने बित्तिकै सबै बत्तीहरू बन्द गरिन्छ । यसबाट, मुख्य फोकस स्क्रिनमा रहन्छ र ध्यान अन्य कुराबाट विचलित हुँदैन । अँध्यारोमा टिभी हेर्नाले तस्विरको गुणस्तर पनि उत्कृष्ट देखिन्छ ।
धेरै उज्यालोमा टिभी हेर्नुभयो भने के हुन्छ ?
टिभीमा उज्यालो नपरोस् भनेर धेरै मानिसहरू अन्धकारमा टिभी हेर्न रुचाउँछन् । यदि तपाईंले कहिल्यै चम्किलो बत्ती भएको कोठामा टिभी हेर्नुभएको छ र टेलिभिजनमा रिफ्लेक्टिभ प्यानल छ भने, स्क्रिनमा धेरै प्रकाश आउँछ, र यसले टिभीमा कुनै पनि कुरा हेर्न गाह्रो बनाउँछ ।
अँध्यारोमा टिभी हेर्दा हुने समस्या यो हो कि कोठामा उज्यालो र अँध्यारो बीचको भिन्नताले केहि समय पछि तपाईंको आँखालाई तनाव उत्पन्न हुन सक्छ । तसर्थ, यो सल्लाह दिइन्छ कि टिभी धेरै अँध्यारो वा धेरै उज्यालो प्रकाशमा हेर्नु हुँदैन । कोठामा हल्का उज्यालो भएमा आँखामा खासै दबाब पर्दैन ।
सम्बन्धित समाचार
भेस्पाको नयाँ १५० सीसी स्कुटर असोज २६ गते सार्वजनिक हुँदै
काठमाडौँको सफलतापछि अब क्षेत्रीय २० शहरहरूमा एकै साथ नयाँ ‘ब्लु यामाहा एक्सएसआर १५५’ को अनावरण
आज तराईका केही भूभागमा बिहानपख हुस्सु लाग्ने
राष्ट्रिय परिचयपत्र नहुँदा पनि बैंकिङ सेवा लिन सकिने
एनएमबि बैंकद्वारा सिटीटेक र स्मार्ट च्वाइस टेक्नोलोजिजसँगको सहकार्यमा लुप पर्चेज क्रेडिट र इएमआई सेवा सुरु
टिकटकद्वारा त्रिभुवन विश्वविद्यालयमा न्यू मिडिया स्टोरीटेलिङ सम्बन्धी मास्टरक्लासको आयोजना
ट्रेन्डिङ
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
ब्ल्याक+डेकरको ”दशैं विथ ब्ल्याक+डेकर” योजना सार्वजनिकः बम्परमा भियतनाम भ्रमणको अवसर
एनपीएलका लागि कीर्तिपुर मैदान तयार, फ्लडलाइटसहित नयाँ स्वरुपमा
भृकुटीमण्डपमा बजाजको ‘गेम अफ पावर’ एक्सचेन्ज कार्निभल सुरु
एनपीएल सिजन ३ मा ओमोडा एन्ड जेइकु र सिद्धार्थ बैंकको विशेष सहकार्य
