करारको कर्मचारीसँग हाकिमको डेटिङ, श्रीमतीसँग जम्काभेट भएपछि कुटाकुट
काठमाडौं । पछिल्लो समय पूर्वका स्थानीय तहका हाकिम एकपछि अर्को यौनजन्य गतिविधिमा मुछिएर बदनामी कमाउँदै छन् । झापाको दमक नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत, माइजोगमाइको प्रमुख प्रशासकीय अधिकृत र लेखा अधिकृतको कार्यकक्षमै रंगीला हर्कतको गतिविधि सेलाउन नपाउँदै फेरि अर्को पालिकाको हाकिम सार्वजनिकस्थलमा यौनजन्य गतिविधि गरिरहँदा रंगेहात आफ्नै श्रीमतीको फन्दामा परेका छन् ।
सामाजिक सञ्जालमा अहिले एउटा भिडियो भाइरल भइरहेको छ । भिडियो क्लिप छ, झापाको । जहाँ एक युवा र एक युवती डेटिङमा लिप्त थिए । त्यहीँ उनको श्रीमती आइपुग्छिन् र तथानाम बोल्छिन्, हानाहान हुन्छ । यसरी अर्कोको श्रीमतीसँग डेटिङमा लिप्त हुने कर्मचारी हुन मुकुन्द बस्नेत, जो झापास्थित अर्जुनधारा नगरपालिकाको स्वास्थ्य शाखा प्रमुखको भूमिकामा छन् ।
पालिकाका अनुसार उनी त्यहाँ विगत चार वर्षदेखि त्यहाँको स्वास्थ्य शाखा प्रमुखको जिम्मेवारीमा छन् । परस्त्रीसँग आफ्नो श्रीमान डेटिङ गएको हाकिमको श्रीमतीले भेटेपछि उनीहरुबीच भएको अश्लिल संवाद र गालीको भिडियो सामाजिक सञ्जालमा छरपष्ट भइसकेको छ ।
स्वास्थ्य शाखा प्रमुख मुकुन्द बस्नेत परस्त्रीसँग आपत्तिजनक अवस्थामा जंगलमा भेटेपछि केहिबेर कुटाकुटसम्म भएको भिडियोमा देखिन्छ ।सार्वजनिक भएको भिडियोमा बस्नेतलाई एक जना महिलाले घाँटीमा समाएको र भुँइमा लडाएको प्रष्ट देख्न सकिन्छ ।
भिडियोमा देखिएका कर्मचारी आफ्नै पालिकाका स्वास्थ्य शाखा प्रमुख भएको त्यहाँका मेयर र प्रमुख प्रशासकीय अधिकृतले पृष्टि गरेका छन् । यस्तै मेयर बलदेवसिंह गोम्देन तामाङले स्पष्टीकरणको पत्र काटिसकेको जानकारी दिएका छन् ।
स्वास्थ्य शाखा प्रमुख सोही पालिकाको करारका कर्मचारी लिएर डेटिङमा गएको पालिका स्रोतले जनाएको छ । डेटिङमा गएकी महिला पनि पालिकाकै कर्मचारी हुन भन्ने बुझिएको छ । करारका ती कर्मचारीलाई स्पष्टीकरण सोधिने र सेवाबाट हटाइने पालिकाले जनाएको छ ।
सम्बन्धित समाचार
चेरी क्यु नेपाल–चीन सीमा नाकामा, नेपाल प्रवेशका लागि तयार
बीपीसीद्वारा एसीसीए क्रिकेट लिग २०२६ सफलतापूर्वक सम्पन्न
जगदम्बा मोटर्सले नेपालमा भित्र्यायो स्याकम्यान एक्स ५००० इ इलेक्ट्रिक प्राइम मुभर र इलेक्ट्रिक टिपर
टोयोटा र एनआइसी एसिया बैंकबीच वित्तीय सहकार्य: ७ वर्षसम्म ५.९९% स्थिर ब्याजदरमा अटो लोन
आज तराईका केही स्थानमा हुस्सु लाग्ने
बुटवलमा हुँदैछ पल्सर आरपीएम, युवाका लागि रोमाञ्चक अनुभवको तयारी
ट्रेन्डिङ
२०८३ असोज ११ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज १६ गते शुक्रवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ असोज १४ गते बुधबार, यस्तो रहेको छ तपाईको आजको राशिफल
इसेवाद्वारा ‘बाइ नाउ, पे लेटर’ सेवा सार्वजनिक, इसेवाबाटै किस्ताबन्दीमा विद्युतीय स्कुटर खरिद गर्न सकिने
लुब्रिकेन्टबारे प्राविधिक ज्ञान बाँड्दै लक्ष्मी ल्युब आयल, पाँच शहरमा ७०० बढी सहभागी

