अमेरिकाको लागि डीभी आवेदन खुला
काठमाडौं । नेपालस्थित अमेरिकी दूतावासले विज्ञप्ति जारी गरेर आज राति ९ः४५ बजेबाट डीभी भर्न सकिने जानकारी दिएको हो । कात्तिक २१ गते रातिको १०ः४५ बजेसम्म डीभी भर्न सकिनेछ । अमेरिकी दूतावासले यो डीभी कार्यक्रममा सहभागी हुन शुल्क नलाग्ने उल्लेख गरेको छ । आफैंले आवेदन दिन सकिने भएकाले कन्सल्टेन्टको सहयोग नलिन दूतावासले सुझाव दिएको छ ।
आवेदन सम्बन्धी सहयोग चाहिएमा परिवारका सदस्य, साथी वा अन्य विश्वासिलो व्यक्तिको सहयोग लिनेतर्फ विचार गर्न र जसले सहयोग उपलब्ध गराए पनि आफ्नो आवेदनका लागि आवेदक स्वयं जिम्मेवार हुने जनाइएको छ ।
सन् २०२५ को डीभी कार्यक्रमका लागि डीभी प्रोग्राम डटस्टेट डटजीओभीमा गएर आवेदन भर्न सकिने जनाइएको छ । डीभी भर्दा पतिपत्नी र २१ वर्ष नपुगेका सबै अविवाहित सन्तानलाई सूचीकृत गर्नु अनिवार्य भएको उल्लेख छ ।
त्यसैगरी, एक जनाका लागि एउटा आवेदन दिन पाइनेछ । डीभी भर्नका लागि हालसालै खिचिएको फोटो आवश्यक पर्नेछ । दूतावासले अघिल्ला वर्षमा डीभी भर्न वैध र म्याद बाँकी रहेको राहदानी आवश्यक भएको भनेपनि अहिले म्याद बाँकी भएको राहदानी हुनु अनिवार्य नभएको जनाएको छ ।
अमेरिकाले डीभी कार्यक्रम मार्फत हरेक वर्ष हजारौं विदेशीलाई अमेरिकामा स्थायी बसोबासका लागि अनुमति दिंदै आएको छ । यो कार्यक्रम मार्फत हजारौंको संख्यामा नेपाली अमेरिका पुग्ने गरेका छन् ।
सम्बन्धित समाचार
भेस्पाको नयाँ १५० सीसी स्कुटर असोज २६ गते सार्वजनिक हुँदै
काठमाडौँको सफलतापछि अब क्षेत्रीय २० शहरहरूमा एकै साथ नयाँ ‘ब्लु यामाहा एक्सएसआर १५५’ को अनावरण
आज तराईका केही भूभागमा बिहानपख हुस्सु लाग्ने
राष्ट्रिय परिचयपत्र नहुँदा पनि बैंकिङ सेवा लिन सकिने
एनएमबि बैंकद्वारा सिटीटेक र स्मार्ट च्वाइस टेक्नोलोजिजसँगको सहकार्यमा लुप पर्चेज क्रेडिट र इएमआई सेवा सुरु
टिकटकद्वारा त्रिभुवन विश्वविद्यालयमा न्यू मिडिया स्टोरीटेलिङ सम्बन्धी मास्टरक्लासको आयोजना
ट्रेन्डिङ
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
ब्ल्याक+डेकरको ”दशैं विथ ब्ल्याक+डेकर” योजना सार्वजनिकः बम्परमा भियतनाम भ्रमणको अवसर
एनपीएलका लागि कीर्तिपुर मैदान तयार, फ्लडलाइटसहित नयाँ स्वरुपमा
भृकुटीमण्डपमा बजाजको ‘गेम अफ पावर’ एक्सचेन्ज कार्निभल सुरु
एनपीएल सिजन ३ मा ओमोडा एन्ड जेइकु र सिद्धार्थ बैंकको विशेष सहकार्य
