कोशीमा नयाँ सत्ता समीकरणको तयारी
काठमाडौं । कोशी प्रदेशमा सरकार गठनको लागि प्रदेश प्रमुख परशुराम खापुङले दिएको समय २६ गते साँझ ५ बजे सकिँदै छ । यद्यपि कोशी प्रदेश सरकार कुन दलले नेतृत्व गर्ने भन्ने टुंगो लागिसकेको छैन ।
प्रदेश सभाका विश्वासको मत लिन समय माग गरेपनि मुख्यमन्त्री हिक्मत कार्कीले विश्वासको मतको अभ्यासमा नगई राजीनामा घोषणा गरेपछि अहिले काम चलाउ सरकारको हैसियतमा प्रदेश सरकार रहेको छ ।
एमाले कोशी प्रदेश संसदीय दलका प्रमुख सचेतक रेवतीरमण भण्डारीका अनुसार सरकारको स्थायित्वको लागि एमाले हदैसम्म लचिलो हुन तयार छ । मुख्यमन्त्रीबाट राजीनामा दिनुअघि प्रदेश सभाको सम्बोधनमा हिक्मत कार्कीले समेत आफूलाई मुख्यमन्त्री पदका आशक्ति भएर दुई–दुई पटक सर्वोच्च अदालत नगएको बताए । एमाले प्रदेशको स्थायित्वका लागि सहमति, सहकार्य गर्न तयार रहेको उनको अभिव्यक्तिको आशय थियो ।
कोशीमा आम निर्वाचन सम्पन्न भएको नौ महिने अवधिमा पाँचै पटक मुख्यमन्त्रीका लागि आह्वान गरिएको हो । अब बन्ने सरकार अल्पमतमा परे वा प्रदेश सभाबाट विश्वासको मत पाउन नसके कोशीमा प्रदेश सभा विघटन गरी छ महिनाभित्र निर्वाचन गर्न पर्ने हुन्छ ।
प्रदेश सरकारमाथि जनताको वितृष्णा बढिरहेको अवस्थामा निर्वाचनमा जानु दुर्भाग्य हुनसक्ने प्रमुख राजनीतिक दलका नेताहरुको बुझाई छ । त्यही बुझाईका कारण अन्य छ वटा प्रदेशमा रहेको सत्ता समीकरण विपरीत कोशी सरकार बन्ने निश्चित छ ।
कोशीमा मुख्यमन्त्रीको दाबीमा कांग्रेसबाटै उद्धव थापा, केदार कार्की, संसदीय दलका उपनेता हिमाल कार्की, प्रमुख सचेतक भूपेन्द्र राई र सांसद अमृत अर्यालको दाबी छ । कांग्रेसभित्र पात्र परिवर्तन गरेर भएपनि पार्टीको नेतृत्वमा प्रदेश सरकार गठन हुनपर्ने बहुमत सांसदहरुको धारणा छ । त्यस कारण कांग्रेसबाट मुख्यमन्त्रीको बलियो दाबेदारका केदार कार्की रहेका छन् ।
‘मुख्यमन्त्रीमा मेरो दाबीको विषयमा केन्द्रमा समेत छलफल भइरहेको छ । अधिकांश सांसदहरुले पात्र परिवर्तन गरेर भएपनि कांग्रेसकै नेतृत्वमा सरकार हुनुपर्छ भन्ने अडान लिइरहनु भएको छ । एमाले पनि सरकार गठनको लागि सकारात्मक छ,’– उनले भने ।
९३ सदस्यीय कोशी प्रदेश सभामा एमालेसँग ४०, कांग्रेससँग २९, माओवादीसँग १३, राप्रपासँग ६, समाजवादीसँग ४ र जनता समाजवादी १ सिट छ । सरकारको स्थायित्वका लागि एमालेसँग मिल्नुको विकल्प नदेखिएपछि कांग्रेस एमालेसँग सहकार्यका लागि तयार रहेको बुझिएको छ ।
सम्बन्धित समाचार
महिलाहरू सम्मान गर्दै इसेवाले आयोजना गर्यो ‘श्रावण र शृङ्गार’ कार्यक्रम
साइमेक्सद्वारा देशभर ‘बीवाईडी अपडेट टु केयर प्लस’ अभियान सुरु, सबै सर्भिस सेन्टरमा लागु
कडा प्रतिबन्धका बिचमा २२ अर्ब डलर कमाउन उत्तर कोरिया सफल
आर्सनलले अनुबन्ध गर्यो गुइमारेसलाई ७५ मिलियन डलरमा
पृथ्वी मुनि विशाल परिमाणमा भेटियो सुन, सतहमा फैलाए ५० सेमी बाक्लो तह
रणवीरको ‘रामायण’ भारतीयले भन्दा पहिला अन्तर्राष्ट्रिय दर्शकले हेर्न पाउने
ट्रेन्डिङ
फिफा १०० औं बर्षमा पुग्दा ६४ टोलीले विश्वकप खेल्न सक्ने, गरिदैँछ अध्ययन्
सुनको मूल्यमा सामान्य गिरावट, चाँदी भने बढ्यो
स्पेनले मोरोक्को फर्कायो झन्डै ७० हजार आप्रवासी, ८३ जनाको मृत्यु
जर्मनीमा अत्याधिक गर्मीले मृत्यु हुनेको संख्या १० हजार नाघ्यो
दक्षिण कोरियामा शताब्दीको सबैभन्दा बढी तापक्रम रेकर्ड, पुग्यो ४२.५ डिग्रि सेल्सियस

