इजरायलमा रहेको नेपाली दूतावासले भन्योः १० विद्यार्थीको शव नेपाल फर्काउन सरकारले प्रक्रिया थालेको छ
काठमाडौं । गत शनिबार भएको प्यालेस्टाइनी विद्रोही समूह हमासको आक्रमणमा परेर ज्यान गुमाएका १० जना नेपाली विद्यार्थीको शव नेपाल फर्काउन इजरायली सरकारले पक्रिया आरम्भ गरेको छ ।
शुक्रबार इजरायलमा रहेको नेपाली दूतावासले एक विज्ञप्ति जारी गर्दै यस्तो जानकारी दिएको हो । दूतावासका अनुसार इजरायलमा बाट बिहीबार २५४ जना नेपाली नागरिकहरुको उद्धार गरी नेपाल एअरलाइन्सको चार्टर्ड उडानमार्फत् स्वदेश फर्काइएको छ । नेपाली विद्यार्थीहरुलाई लिन मा परराष्ट्रमन्त्री एनपी साउद र परराष्ट्र मन्त्रालयका सहसचिव शरदराज आरण ईजरायल पुगेका थिए ।
स्वदेश फर्किन थप २०० जना नेपालीलो फारम भरेका छन् । नेपाल फर्कन बाँकी रहेका नेपाली नागरिकहरुलाई पनि क्रमशः फर्कन सहजीकरण गर्ने प्रकृया सुरु गरिएको दूतावासले जनाएको छ ।
हमास समुहको आक्रमणबाट घाइते भई उपचारको क्रममा रहेका ४ जनामध्ये २ दिन अघि डिस्चार्ज भएका १ जनालाई बिहीबारकै उडानमार्फत् नेपाल पठाइएको छ । उपचाररत अर्को १ जना अस्पतालबाट डिस्चार्जका क्रममा रहेको र अन्य २ जनाको उपचार भइरहेको दूतावासले जनाएको छ ।
दूतावासका अनुसार इजरायलका उच्चस्तरीय निकायका पदाधिकारीहरुलाई हराइरहेका १ जना नेपाली विद्यार्थीको खोजीकार्यमा तीव्रता दिन पुनः अनुरोध गरिएको छ । जसमा विपिन जोशी हालसम्म पनि वेपत्तिा रहेका छन् ।
निधन भएका १० नेपाली विद्यार्थीहरुको शव सम्बन्धी कार्य इजरायल सरकारको नियम तथा प्रकृया बमोजिम इजरायलका सम्बन्धित निकायबाट भइरहेको जानकारी समेत तेल अविव मा रहेको नेपाली दूतावासले जानकारी दिएको छ ।
सम्बन्धित समाचार
आईसीसी क्रिकेट विश्वकप छनोटको प्लेअफ डिसेम्बर ४ देखि नेपालमा आयोजना हुने
एनपीएलका सम्पूर्ण खेललाई आईसीसीको लिस्ट ‘ए’ टी–२० मान्यता
दसैँमा यात्रुलाई सहज बनाउन काठमाडौं उपत्यकामा प्रहरीको निःशुल्क बस सेवा
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
ट्रेन्डिङ
यस दशैं, एलिकासँग भान्सामा भित्र्याऔँ ताजगी र खुसी
वीरगंजमा नयाँ शोरूम संचालनमा ल्याउँदै कजारिया रमेश टायल्सको बजार विस्तार
टिकटकको एआई कन्टेन्टमा कडाइ: ८ करोड ६० लाख नक्कली अकाउन्ट हटाइयो, ३ अर्ब भिडियोमा एआई लेबल
कोका–कोलाको ‘भरौँ खुसी’ अभियान, हवाई र बस टिकट जित्ने मौका
बिटुमिन र असफाल्टबाट सडक निर्माणमा रोक लगाउने सरकारको निर्णय
