Jankari Kendra
१७ आश्विन २०८३, शनिबार
Worldlink

हवाई भाडामा भएको वृद्धि हटाउन नेविसंघद्धारा पर्यटनमन्त्री किरातीको ध्यानाकार्षण

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८०, आश्विन, २८
हवाई भाडामा भएको वृद्धि हटाउन नेविसंघद्धारा पर्यटनमन्त्री किरातीको ध्यानाकार्षण

काठमाडौं । नेपाल विद्यार्थी संघले चाडपर्वको मुखमा हवाई भाडामा वृद्धि गरिएको विरोध गरेको छ । नेविसंघ अध्यक्ष दुजाङ शेर्पाको नेतृत्वमा नेविसंघका नेताहरुले संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री सुदन किरातीलाई भेटेर आज हवाई भाडामा भएको वृद्धि घटाउन माग गरेका हुन् । हवाई भाडामा भएको वृद्धिका कारण हिमाली जिल्ला र दुर्गम ठाउँमा जाने विद्यार्थीहरु मारमा परेको नेविसंघको ठम्याई छ ।

पर्यटनमन्त्री किरातीले भने हवाई भाडा वृद्धि नभएको दाबी गरेका छन् । पत्रकार ऋषि धमलासँगको कुराकानीमा मन्त्री किरातीले अहिले हवाई भाडा वृद्धि नगरिएको भन्दै कसैले आफू खुशी वृद्धि गरेको भए कारबाही गरिने चेतावनी दिए । उनले भने,”हवाई भाडा एक रुपैयाँ पनि बढ्दैन् । ढुक्क भए हुन्छ । हामीले यदि कसैले गरेको पायौं भने कारबाही गर्छौं ।”

 

Top Changing Nepal

युट्युब सट्स