• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
१८ असार २०८३, बिहीबार
१८ असार २०८३, बिहीबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

नेपालमा ल्यान्ड क्रुजरको दबदबा : अफ-रोड क्षमता, विश्सनीयता र प्रतिष्ठाको बलियो पहिचान
  • १३ घण्टा 

मेटाले बनायो नबोले पनि मष्तिष्कमा खेलिरहेको बुझ्ने मेसिन्
  • १३ घण्टा 

नेपाली उपभोक्तालाई लक्षित एलजीको ‘इसेनसियल सिरिज’ सार्वजनिक, घरपरिवारका आवश्यकताअनुसार नयाँ घरेलु उपकरण
  • १६ घण्टा 

चट्याङ लागेर १२ वर्षीया बालिकाको मृत्यु, एक महिला घाइते
  • १६ घण्टा 

जुनमा ९१ हजारभन्दा बढी विदेशी पर्यटक नेपाल आए
  • १७ घण्टा 

फ्लप तेलुगु चलचित्रले रच्यो इतिहास, युट्युवमा १ अर्ब भ्युज पाउने बन्यो विश्वको पहिलो चलचित्र
  • १९ घण्टा 

एप्पलले पहिलो पटक फोल्डेबल आईफोन बजारमा ल्याउँदै
  • २० घण्टा 

मौलापुरमा तत्काल विजुली, पानीको भुक्तानी गर्न सरकारको नाममा सर्वोच्च अदालतको अन्तरिम आदेश
  • २० घण्टा 

एकैदिन प्रतितोला ६ हजार २ सय रुपैयाँले उकालो लाग्यो सुनको मुल्य, चाँदीमा पनि उच्च वृद्धि
  • २१ घण्टा 

लोकप्रिय समाचार

  • १. सांग्रिला डेभलपमेन्ट बैंकको १५ हजार बढी संस्थापक सेयर बिक्रीमा

  • २. नेपाली उपभोक्तालाई लक्षित एलजीको ‘इसेनसियल सिरिज’ सार्वजनिक, घरपरिवारका आवश्यकताअनुसार नयाँ घरेलु उपकरण

  • ३. एल निनोको प्रभाव र बढ्दो तापक्रमको सामना गर्न सिजी ब्रान्डका उच्च कार्यक्षमताका एयर कुलरहरू बजारमा उपलब्ध

  • ४. आज यी स्थानमा भारी वर्षाको सम्भावना

  • ५. यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?

  • ६. इन्धन सस्तिएसँगै सार्वजनिक यातायातको भाडा घटाउने तयारी

  • ७. २०८३ असार १२ गते शुक्रबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

  • ८. धनगढीबाट काठमाडौं आउँदै गरेको बस दुर्घटना हुँदा २२ जना घाइते

  • ९. मेटाले बनायो नबोले पनि मष्तिष्कमा खेलिरहेको बुझ्ने मेसिन्

  • १०. महाराजगञ्जमा दिपलको नयाँ शोरुम उद्घाटन, काठमाडौंमा बजार उपस्थिति थप मजबुत

आयुर्वेद जुसप्रति स्थानीयको आकर्षण बढ्दो

जानकारी केन्द्र २०८०, मंसिर, २०

वीरगञ्ज (पर्सा) । न ठूलो पुँजी, न त कुनै ठूलो व्यवसाय । तर पनि वीरगञ्ज महानगरपालिका रानीघाट निवासी रमेश साह सोनार राम्रो आम्दानी कमाई रहेका छन् । उनको कमाईको स्रोत कुनै जागिर वा अन्य व्यवसाय नभई आयुर्वेदिक जुस बनाएर बेच्ने पेशा हो । वीरगञ्ज महानगरक्षेत्र आयुर्वेदिक जुसवालाका रुपमा परिचित ४८ वर्षीय सोनार यहाँस्थित घडिअर्वा पोखरीको डिलमा हरेक दिन बिहान आयुर्वेदिक जुस बनाएर बिक्री गरी राम्रो आम्दानी गर्दै आएका छन् ।

युट्युब च्यानलहरुबाट जैविक तरकारी र फलफूलबाट जुस बनाउने तरिका सिकेका उनले जैविक तरकारी, सागपात र जडीबुटी मिसाएर आफैँ तयार पारेको जुस बेचेरै आफ्नो ६ जनाको परिवार मात्रै पाल्दै आएका छन् ।

गरिबी र परिवारिक कारणले आफूले राम्ररी पढ्न नपाए पनि छोरा छोरीलाई राम्रो शिक्षा दिलाएर ठूलो मान्छे बनाउने सोच बनाई सकेका छन् उनले । विगत एक वर्षदेखि घडिअर्वा पोखरीको डिलमा आयुर्वेद जुसको व्यवसायी गर्दै आएका उनले धेरै स्थानीयहरुको मन जित्न सफल भउका छन्।

लौका, तीते करेला, गाजर, धनियाँ पात, पुदिनालगायत २५ प्रकार आयुर्वेदयुक्त तरकारी, सागपात र फलफूल मिसाएर तयारी गरिने आयुर्वेद जुसप्रति स्थानीयको आकर्षण बढ्दै गएको छ । त्यही जुस बेचेर उनले दैनिक एक हजार पाँच सयदेखि रु दुई हजार सम्म कमाई हुँदै आएको उनले बताए ।

“एक कप जुसको २० लिन्छु, दिनमा ८० देखि एक सय कपसम्म जुस बिक्री भइहाल्छ छ”, उनले भने, “सुरु सुरुमा कमै बिक्री हुन्थ्यो, अहिले ग्राहकहरु बढ्दै गएकाले राम्रै कमाई हुन्छ ।” स्वास्थ्यको दृष्टिकोणले समेत उपयुक्त मानिने आयुर्वेद जुसको माग बढ्दै गएको उनको कथन छ ।

थोरै लगानीबाट सुरु गरेको व्यवसायीबाट राम्रो आम्दानी भइरहेकाले कमाउनका लागि मजदुरी गर्न अन्यत्र जानुपर्ने उनको बाध्यता हटेको छ । “जुस बेचेर थोरै बचत गरेर राखेको छु,” उनले भने, “अब वीरगञ्जको कुनै ठाउँमा सटर भाडामा लिएर अझै ठूलो जुस पसल खोल्ने तयारीमा छु ।” “मजदुरी गर्दा थुप्रै समस्या हुन्छ, अरूको अधीनमा बसेर काम गर्नुपर्दा मन खिन्न लाग्थ्यो”, उनले भने, “अहिले आफ्नो घुमफिरको व्यापार छ, स्वतन्त्र रुपमा जति मिहिनेत गर्छु त्यो हिसाबले आम्दानी हुन्छ अहिले ढुक्क छु ।”

‘थोरै कमाऊ तर देशमै बसेर मिहिनेत गरेर कमाऊ’ भन्ने सोच भएर आफू विदेश नगएर स्वदेशमै कम लगानीमा राम्रो आम्दानी गर्दैछु, यसबाट आफू र आफ्ना परिवारका सदस्यहरु सन्तुष्ट छ, उनको भनाइ छ ।

विदेशमा गएर कडा मिहिनेत पनि गर्नु, र दुःख पनि झेल्नुभन्दा परिवारका सदस्यहरुसँगै बसेर कमाउनुको मज्जा बेग्लै छ, त्यसमा पनि स्वदेशमै बसेर राम्रो आम्दानी हुन थालेपछि किन् विदेश जानु ? उनले प्रश्न गरे ।

ग्यास्टिक, मधुमेह, उच्च रक्तचाप, मुटु, मिर्गौलालगायतल बिरामीहरुका लागि अत्यन्तै फाइदाजनक हुने भएकाले आफूले बनाउने आयुर्वेद जुसप्रति धेरैको आकर्षण बढेको उनको भनाइ छ ।

स्वास्थ्यको दृष्टिकोणले पनि उपयुक्त हुने भएकाले पछिल्लो समय धेरैको आकर्षण आयुर्वेद जुसप्रति बढेकाले उनको व्यापार फस्टाएको स्थानीय शङ्कर कानुको बुझाइ छ ।

वीरगञ्जका स्थानीय व्यापारी कृष्ण साह भने, “सोनारले बाबा रामदेवको सिकाए जस्तै आयुर्वेदिक सामग्री हालेर बनाइने जुसले विहान घडिअर्वा पोखरीमा घुम्न आउनेको आकर्षण बढे्को त छ नै अन्य व्यक्तिहरुको पनि आकर्षण बढ्दै गएको छ ।” खान स्वादिष्ट र स्वास्थ्यको दृष्टिकोणले समेत राम्रो हुने भएकाले धेरैले उनकै जुस खानलाई मन पराउँने जनाइएको छ ।

केही वर्षयता विदेश जाने युवाहरुको लर्को नै लग्ने गरेका बेला उनले स्वदेशमै बसेर कम लगानी राम्रो आम्दानी गर्न सकिन्छ भने उदाहरणसमेत प्रस्तुत गरेका छन् । बढी पैसा कमाउने लोभमा विदेश पलायन हुने युवाले उनीबाट पाठ सिकेर स्वादेशमै कमाउने बाटो खोज्नु जरुरी रहेको नागरिक समाजका प्रदीप ठाकुर बताए ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
नेपालमा ल्यान्ड क्रुजरको दबदबा : अफ-रोड क्षमता, विश्सनीयता र प्रतिष्ठाको बलियो पहिचान
मेटाले बनायो नबोले पनि मष्तिष्कमा खेलिरहेको बुझ्ने मेसिन्
नेपाली उपभोक्तालाई लक्षित एलजीको ‘इसेनसियल सिरिज’ सार्वजनिक, घरपरिवारका आवश्यकताअनुसार नयाँ घरेलु उपकरण

ताजा

नेपालमा ल्यान्ड क्रुजरको दबदबा : अफ-रोड क्षमता, विश्सनीयता र प्रतिष्ठाको बलियो पहिचान

मेटाले बनायो नबोले पनि मष्तिष्कमा खेलिरहेको बुझ्ने मेसिन्

नेपाली उपभोक्तालाई लक्षित एलजीको ‘इसेनसियल सिरिज’ सार्वजनिक, घरपरिवारका आवश्यकताअनुसार नयाँ घरेलु उपकरण

चट्याङ लागेर १२ वर्षीया बालिकाको मृत्यु, एक महिला घाइते

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.