• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
                     
                        आइतबार, भदौ २९, २०८२
आइतबार, भदौ २९, २०८२
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

२०८२ साल भदौं ३० गते सोमबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

बन्दीपुर केवलकार एण्ड टुरिजमको आईपीओ भोलि बाँडफाँट हुँदै

दशैंका लागि आजदेखि सुकिला नोट वितरण

पूर्वमन्त्री सुमना श्रेष्ठद्वारा रास्वपा परित्याग

सुनको मूल्य तोलामा सात सय रुपैयाँले घट्यो, कतिमा हुँदैछ कारोबार ?

दशैंका लागि अग्रिम टिकट बुकिङ खोल्ने विषयमा आज छलफल

राष्ट्र बैंकले एक अर्ब २० करोड रुपैयाँ मुद्दती निक्षेपमा लगानी गर्ने

यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर,कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?

२०८२ साल भदौं २९ गते आइतवार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

लोकप्रिय समाचार

  • १. २०८२ साल भदौं २४ गते मंगलबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • २. २०८२ साल भदौं २५ गते बुधवार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

  • ३. २०८२ साल भदौं २६ गते बिहिबार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

  • ४. सेवा सुरु गर्न बैङ्क तथा वित्तीय संस्थालाई राष्ट्र बैङ्कको आग्रह

  • ५. २०८२ साल भदौं २८ गते शनिबार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

  • ६. २०८२ साल भदौं २७ गते शुक्रवार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

  • ७. सुशीला कार्कीप्रति पूर्ण समर्थन छ : बालेन शाह

  • ८. त्रिभुवन विश्वविद्यालयको पढाइ छठसम्म बन्द

  • ९. स्वास्थ्यमन्त्री पौडेलले पनि दिए राजीनामा

  • १०. २०८२ साल भाद्र २८ गतेदेखि असोज ०३ गतेसम्म कस्तो रहला त तपाईको भाग्य, हेर्नुहोस् राशिफल

आयुर्वेद जुसप्रति स्थानीयको आकर्षण बढ्दो

वीरगञ्ज (पर्सा) । न ठूलो पुँजी, न त कुनै ठूलो व्यवसाय । तर पनि वीरगञ्ज महानगरपालिका रानीघाट निवासी रमेश साह सोनार राम्रो आम्दानी कमाई रहेका छन् । उनको कमाईको स्रोत कुनै जागिर वा अन्य व्यवसाय नभई आयुर्वेदिक जुस बनाएर बेच्ने पेशा हो । वीरगञ्ज महानगरक्षेत्र आयुर्वेदिक जुसवालाका रुपमा परिचित ४८ वर्षीय सोनार यहाँस्थित घडिअर्वा पोखरीको डिलमा हरेक दिन बिहान आयुर्वेदिक जुस बनाएर बिक्री गरी राम्रो आम्दानी गर्दै आएका छन् ।

युट्युब च्यानलहरुबाट जैविक तरकारी र फलफूलबाट जुस बनाउने तरिका सिकेका उनले जैविक तरकारी, सागपात र जडीबुटी मिसाएर आफैँ तयार पारेको जुस बेचेरै आफ्नो ६ जनाको परिवार मात्रै पाल्दै आएका छन् ।

गरिबी र परिवारिक कारणले आफूले राम्ररी पढ्न नपाए पनि छोरा छोरीलाई राम्रो शिक्षा दिलाएर ठूलो मान्छे बनाउने सोच बनाई सकेका छन् उनले । विगत एक वर्षदेखि घडिअर्वा पोखरीको डिलमा आयुर्वेद जुसको व्यवसायी गर्दै आएका उनले धेरै स्थानीयहरुको मन जित्न सफल भउका छन्।

लौका, तीते करेला, गाजर, धनियाँ पात, पुदिनालगायत २५ प्रकार आयुर्वेदयुक्त तरकारी, सागपात र फलफूल मिसाएर तयारी गरिने आयुर्वेद जुसप्रति स्थानीयको आकर्षण बढ्दै गएको छ । त्यही जुस बेचेर उनले दैनिक एक हजार पाँच सयदेखि रु दुई हजार सम्म कमाई हुँदै आएको उनले बताए ।

“एक कप जुसको २० लिन्छु, दिनमा ८० देखि एक सय कपसम्म जुस बिक्री भइहाल्छ छ”, उनले भने, “सुरु सुरुमा कमै बिक्री हुन्थ्यो, अहिले ग्राहकहरु बढ्दै गएकाले राम्रै कमाई हुन्छ ।” स्वास्थ्यको दृष्टिकोणले समेत उपयुक्त मानिने आयुर्वेद जुसको माग बढ्दै गएको उनको कथन छ ।

थोरै लगानीबाट सुरु गरेको व्यवसायीबाट राम्रो आम्दानी भइरहेकाले कमाउनका लागि मजदुरी गर्न अन्यत्र जानुपर्ने उनको बाध्यता हटेको छ । “जुस बेचेर थोरै बचत गरेर राखेको छु,” उनले भने, “अब वीरगञ्जको कुनै ठाउँमा सटर भाडामा लिएर अझै ठूलो जुस पसल खोल्ने तयारीमा छु ।” “मजदुरी गर्दा थुप्रै समस्या हुन्छ, अरूको अधीनमा बसेर काम गर्नुपर्दा मन खिन्न लाग्थ्यो”, उनले भने, “अहिले आफ्नो घुमफिरको व्यापार छ, स्वतन्त्र रुपमा जति मिहिनेत गर्छु त्यो हिसाबले आम्दानी हुन्छ अहिले ढुक्क छु ।”

‘थोरै कमाऊ तर देशमै बसेर मिहिनेत गरेर कमाऊ’ भन्ने सोच भएर आफू विदेश नगएर स्वदेशमै कम लगानीमा राम्रो आम्दानी गर्दैछु, यसबाट आफू र आफ्ना परिवारका सदस्यहरु सन्तुष्ट छ, उनको भनाइ छ ।

विदेशमा गएर कडा मिहिनेत पनि गर्नु, र दुःख पनि झेल्नुभन्दा परिवारका सदस्यहरुसँगै बसेर कमाउनुको मज्जा बेग्लै छ, त्यसमा पनि स्वदेशमै बसेर राम्रो आम्दानी हुन थालेपछि किन् विदेश जानु ? उनले प्रश्न गरे ।

ग्यास्टिक, मधुमेह, उच्च रक्तचाप, मुटु, मिर्गौलालगायतल बिरामीहरुका लागि अत्यन्तै फाइदाजनक हुने भएकाले आफूले बनाउने आयुर्वेद जुसप्रति धेरैको आकर्षण बढेको उनको भनाइ छ ।

स्वास्थ्यको दृष्टिकोणले पनि उपयुक्त हुने भएकाले पछिल्लो समय धेरैको आकर्षण आयुर्वेद जुसप्रति बढेकाले उनको व्यापार फस्टाएको स्थानीय शङ्कर कानुको बुझाइ छ ।

वीरगञ्जका स्थानीय व्यापारी कृष्ण साह भने, “सोनारले बाबा रामदेवको सिकाए जस्तै आयुर्वेदिक सामग्री हालेर बनाइने जुसले विहान घडिअर्वा पोखरीमा घुम्न आउनेको आकर्षण बढे्को त छ नै अन्य व्यक्तिहरुको पनि आकर्षण बढ्दै गएको छ ।” खान स्वादिष्ट र स्वास्थ्यको दृष्टिकोणले समेत राम्रो हुने भएकाले धेरैले उनकै जुस खानलाई मन पराउँने जनाइएको छ ।

केही वर्षयता विदेश जाने युवाहरुको लर्को नै लग्ने गरेका बेला उनले स्वदेशमै बसेर कम लगानी राम्रो आम्दानी गर्न सकिन्छ भने उदाहरणसमेत प्रस्तुत गरेका छन् । बढी पैसा कमाउने लोभमा विदेश पलायन हुने युवाले उनीबाट पाठ सिकेर स्वादेशमै कमाउने बाटो खोज्नु जरुरी रहेको नागरिक समाजका प्रदीप ठाकुर बताए ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बन्दीपुर केवलकार एण्ड टुरिजमको आईपीओ भोलि बाँडफाँट हुँदै
    दशैंका लागि आजदेखि सुकिला नोट वितरण
    पूर्वमन्त्री सुमना श्रेष्ठद्वारा रास्वपा परित्याग

    लोकप्रिय

    २०८२ साल भदौं २४ गते मंगलबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    २०८२ साल भदौं २५ गते बुधवार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

    २०८२ साल भदौं २६ गते बिहिबार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

    सेवा सुरु गर्न बैङ्क तथा वित्तीय संस्थालाई राष्ट्र बैङ्कको आग्रह

    २०८२ साल भदौं २८ गते शनिबार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

    ताजा

    २०८२ साल भदौं ३० गते सोमबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    बन्दीपुर केवलकार एण्ड टुरिजमको आईपीओ भोलि बाँडफाँट हुँदै

    दशैंका लागि आजदेखि सुकिला नोट वितरण

    पूर्वमन्त्री सुमना श्रेष्ठद्वारा रास्वपा परित्याग

    हाम्रो बारेमा

    संचालक/सम्पादक :
    दिपक गौतम

    संपर्क नं. ९८५१००८६०९

    Government of Nepal Ministry of Information and Communications Department of Information
    Reg. Certificate No.258/073-74.
    Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

    Press Council Nepal Reg. No
    531/2072-73

    https://www.youtube.com/watch?v=eB95KBqQfcM
    https://www.youtube.com/watch?v=FliGDptWH6k

    Recent Posts

    • २०८२ साल भदौं ३० गते सोमबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल
    • बन्दीपुर केवलकार एण्ड टुरिजमको आईपीओ भोलि बाँडफाँट हुँदै
    • दशैंका लागि आजदेखि सुकिला नोट वितरण
    • पूर्वमन्त्री सुमना श्रेष्ठद्वारा रास्वपा परित्याग
    • सुनको मूल्य तोलामा सात सय रुपैयाँले घट्यो, कतिमा हुँदैछ कारोबार ?

    हाम्रो टिम

    भिडियो सम्पादक : सुमन तिवारी
    संवाददाता : माधव  प्रसाद भट्टराई
    संवाददाता : शिवु धिताल

    क्यामरा : सुनिल सिहं
    न्युज डेक्स : पवित्रा उप्रेती
    न्युज डेक्स  :  इश्वर गौतम
    न्युज डेक्स :  मौसम गौतम
    IT : त्रिबिक्रम रेग्मी

    सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

     

    Copyright ©2025 Jankari Kendra | All rights Reserved.
     Website By :  nwTech.