विराटनगर आगलागी अपडेट : थप एक जनाको मृत्यु, घाइते ४ जनाको उपचार हुँदै
काठमाडौँ । बुधबार विराटनगर–७ स्थित सातघुम्ती मोडको कवाडी गोदाममा भएको आगलागीमा परी थप एक जनाको मृत्यु भएको छ। आगलागीमा परी मृत्यु हुनेको संख्या ३ पुगेको हो।
कवाडी गोदाममा आगलागी हुँदा ५ जना घाइते भएका थिए। घाइतेमध्ये विराटनगर– ६ का ४० वर्षीय दीपक मण्डलको उपचारका क्रममा बुधबार नै मृत्यु भएको थियो। उद्धारकर्ताहरूका अनुसार आगलागी भइरहेको गोदामभित्र महिला चिच्याइरहँदा पनि आगो नियन्त्रणमा समस्या भएपछि उद्धार गर्न नसक्दा जलेर त्यहीँ मृत्यु भएको हो। ती महिलाको तत्कालै पहिचान खुल्न सकेको थिएन। मोरङ प्रहरीका प्रवक्ता डिएसपी रञ्जनकुमार दाहालका अनुसार अनुसन्धानका क्रममा मृत अवस्था भेटिएकी महिला विराटनगर–६ की ५५ वर्षीय सुशीला पासवान भएको खुलेको छ।
घाइते ४ जनालाई थप उपचारका लागि विराटनगरबाट बुधबार साँझमा कीर्तिपुर बर्न अस्पताल लगिएको थियो। कीर्तिपुर अस्पतालमा उपचारका क्रममा विराटनगर–६ कि सुनिता कामतको बुधबार राति साढे ८ बजेतिर मृत्यु भएको बताउँदै, डिएसपी दाहालले भने, ‘तत्काल सुनितालाई सुशीला पासवान भनिएको थियो। अनुसन्धानका क्रममा सुशीलाको घटनास्थलमै मृत्यु भइसकेको रहेछ। उनी त्यहाँ आगोले जलेर चिन्न सक्ने अवस्थाकी थिइनन्।’
आगलागीमा परी घाइते विराटनगर–६ कि ६० वर्षीय रिता सरदारको अवस्था गम्भीर रहेको छ। विराटनगर–६ कै ५८ वर्षीय किशोर पासवान र कटहरी गाउँपालिका– ६ कि ३० वर्षीय पिंकी कामतको कीर्तिपुर बर्न अस्पतालमा उपचार भइरहेको छ। उनीहरुलाई नेपाली सेनाको एयर एम्बुलेन्समार्फत लगिएको थियो।
विराटनगर–७ सातघुम्तीमा मृतक दीपक मण्डलले आमाको नाममा दर्ता गरेर सञ्चालन गरेको अन्जुला कवाडी पसलमा आगलागी भएको हो। कर्कटपाताको छानो भएको कवाडी पसल र गोदाममा दिउँसो सवा २ बजेतिर सुरु भएको आगलागी साँझ ५ बजेतिर पूर्णरूपमा नियन्त्रणमा आएको थियो। मृतक र घाइते कवाडी गोदामकै कामदार रहेको प्रहरीले जनाइएको छ। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
सम्बन्धित समाचार
कात्तिक ११ देखि १५ गतेसम्म नेपालमा वर्षा हुन सक्ने सम्भावना
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
फेसबुकको त्रुटि पत्ता लगाउने तनहुँकी सुप्रियालाई मेटाको ३ हजार ७५० अमेरिकी डलर पुरस्कार
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
आईसीसी क्रिकेट विश्वकप छनोटको प्लेअफ डिसेम्बर ४ देखि नेपालमा आयोजना हुने
एनपीएलका सम्पूर्ण खेललाई आईसीसीको लिस्ट ‘ए’ टी–२० मान्यता
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
