भिरबाट खसेको ढुङ्गा लागेर एक महिलाको मृत्यु
जानकारी केन्द्र
२०८०, मंसिर, २१
बाजुरा । बूढीनन्दा नगरपालिकामा भिरबाट खसेको ढुङ्गा लागेर आज एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही नगरपालिका–३ बडालाकी ३७ वर्षीया धर्मा विष्ट रहेको जनाइएको छ ।
गाउँ नजिकै रहेको देउपानी मेलामा घाँस काट्न गएका बेला भीरबाट ढुङ्गा खसेर टाउकोमा लागेपछि मृत्यु भएको वडा नं ३ का वडाध्यक्ष जङ्गवीर रोकायाले जानकारी दिए ।
घाँस काट्दै गरेका बेला एक्कासि भिरबाट ढुङ्गा खसेर टाउकोमा चोट लागेपछि विष्ट घाइते भएका हुन् । भिरबाट खसेको ढुङ्गा लागेर घाइते भएकी विष्टको उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र कोल्टी लैजाँदै गर्दा बीच बाटोमै मृत्यु भएको वडाध्यक्ष रोकायाले बताए ।
सम्बन्धित समाचार
भोटेकोशी बाढीमा १,३५३ को मृत्यु,अझै ४ हजार बेपत्ता
नबिल बैंकले घोषणा गर्यो १५.८० प्रतिशत लाभांश
स्वरोजगार लघुवित्त र विन नेपाल लघुवित्तको एकीकृत कारोबार शुभारम्भ
मधेशको धान खेतीमा सिँचाइ संकट,५०.५६५ क्षेत्र अझै सुविधाविहीन
आज देशभर भारी र मध्यम वर्षाको सम्भावना
मेक्सस द्वारा विपद् प्रभावित समुदायका लागि रु.८० लाख बराबरको राहत सहयोग प्रदान
ट्रेन्डिङ
२०८३ भदौं २० गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १९ गते शुक्रबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १६ गते मंगलबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
जेकु जे ५ अब दुई भेरियन्टमा उपलब्ध, मूल्य रु. ४७.९९ लाखदेखि
सुन-चाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

