Jankari Kendra
२४ श्रावण २०८३, आईतवार
Worldlink

प्रधानमन्त्री प्रचण्डविरुद्ध गर्जिए ओली, “नेपालको भूमि सट्टापट्टा गर्ने अधिकार प्रधानमन्त्रीलाई छैन”

जानकारी केन्द्र Logo
जानकारी केन्द्र
२०८०, मंसिर, २२
प्रधानमन्त्री प्रचण्डविरुद्ध गर्जिए ओली, “नेपालको भूमि सट्टापट्टा गर्ने अधिकार प्रधानमन्त्रीलाई छैन”

कुश्मा (पर्वत)। नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले कालापानी, लिपुलेक र लिम्पियाधुराको जमिन दिएर बङ्गलादेश जाने बाटो लिने अधिकार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई नभएको बताएका छन् ।

समृद्विका लागि सङ्कल्प यात्राको क्रममा पर्वतको कुश्मामा बिहीबार आयोजित सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले भने– बङ्गलादेशको बाटो नेपालले पहिले नै लिइसकेको छ । बाटोको नाममा नेपाली भूभाग सुम्पने अधिकार प्रधानमन्त्री प्रचण्डलाई छैन । प्रधानमन्त्री प्रचण्डले भारत भ्रमणको बेला जमिन सट्टापट्टा गर्ने प्रस्ताव राखेको भन्ने सुनियो, यदि त्यसो गरिएको हो भने यो राष्ट्रप्रति ठूलो बेइमानी हो ।

उनले देशमा सरकार त छ तर काम लाग्ने खालको रहेको टिप्प्णी गरे । उनले भने– हामीले उत्तरतिर नाका खोल्यौँ तर ती नाका सञ्चालन गर्ने यो सरकारसँग कुनै दम छैन । जाजरकोट र रूकुममा भूकम्पले ठूलो जनधनको क्षति भयो तर सरकारले राहत दिनुपर्नेमा कानमा तेल हालेर बसेको टिप्पणी गर्दै अध्यक्ष ओलीले यो सरकार देशका लागि बोझ भएको बताए । उनले भने– देश कसैको विर्ता होइन, हामीले सामना गर्न नपरोस्, यात्राको क्रममा अवरोध गर्ने जस्ता दुषित बुद्वि छाडिहाल नभए यसले सत्यानाश गर्नसक्छ ।

उनले एमालेले नेपालको नक्शा अद्यावधिक गरी (कालापानी, लिम्पियाधुरा, लिपुलेक समेटर चुच्चे नक्सा बनाएको) संविधानको अङ्ग बनाएको भए पनि वर्तमान सरकारले त्यसको कार्यान्वयन त के बोल्न पनि नसकेको आरोप लगाए । उनले सरकारका कामले जनतामा निराशा र अन्यौलता मात्र बढेको पनि आरोप लगाए ।

 

Top Changing Nepal

युट्युब सट्स