• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
१८ असार २०८३, बिहीबार
१८ असार २०८३, बिहीबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

नेपालमा ल्यान्ड क्रुजरको दबदबा : अफ-रोड क्षमता, विश्सनीयता र प्रतिष्ठाको बलियो पहिचान
  • १६ घण्टा 

मेटाले बनायो नबोले पनि मष्तिष्कमा खेलिरहेको बुझ्ने मेसिन्
  • १७ घण्टा 

नेपाली उपभोक्तालाई लक्षित एलजीको ‘इसेनसियल सिरिज’ सार्वजनिक, घरपरिवारका आवश्यकताअनुसार नयाँ घरेलु उपकरण
  • १९ घण्टा 

चट्याङ लागेर १२ वर्षीया बालिकाको मृत्यु, एक महिला घाइते
  • २० घण्टा 

जुनमा ९१ हजारभन्दा बढी विदेशी पर्यटक नेपाल आए
  • २० घण्टा 

फ्लप तेलुगु चलचित्रले रच्यो इतिहास, युट्युवमा १ अर्ब भ्युज पाउने बन्यो विश्वको पहिलो चलचित्र
  • २२ घण्टा 

एप्पलले पहिलो पटक फोल्डेबल आईफोन बजारमा ल्याउँदै
  • २३ घण्टा 

मौलापुरमा तत्काल विजुली, पानीको भुक्तानी गर्न सरकारको नाममा सर्वोच्च अदालतको अन्तरिम आदेश
  • २४ घण्टा 

एकैदिन प्रतितोला ६ हजार २ सय रुपैयाँले उकालो लाग्यो सुनको मुल्य, चाँदीमा पनि उच्च वृद्धि
  • १ दिन 

लोकप्रिय समाचार

  • १. सांग्रिला डेभलपमेन्ट बैंकको १५ हजार बढी संस्थापक सेयर बिक्रीमा

  • २. नेपाली उपभोक्तालाई लक्षित एलजीको ‘इसेनसियल सिरिज’ सार्वजनिक, घरपरिवारका आवश्यकताअनुसार नयाँ घरेलु उपकरण

  • ३. एल निनोको प्रभाव र बढ्दो तापक्रमको सामना गर्न सिजी ब्रान्डका उच्च कार्यक्षमताका एयर कुलरहरू बजारमा उपलब्ध

  • ४. आज यी स्थानमा भारी वर्षाको सम्भावना

  • ५. यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?

  • ६. इन्धन सस्तिएसँगै सार्वजनिक यातायातको भाडा घटाउने तयारी

  • ७. २०८३ असार १२ गते शुक्रबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

  • ८. धनगढीबाट काठमाडौं आउँदै गरेको बस दुर्घटना हुँदा २२ जना घाइते

  • ९. मेटाले बनायो नबोले पनि मष्तिष्कमा खेलिरहेको बुझ्ने मेसिन्

  • १०. महाराजगञ्जमा दिपलको नयाँ शोरुम उद्घाटन, काठमाडौंमा बजार उपस्थिति थप मजबुत

सन्दर्भ मर्यादित महिनावारी दिवसः साथी–तपाईँ उठाइदिनुस् न मेरो समस्या !

जानकारी केन्द्र २०८०, मंसिर, २२

जनकपुरधाम । हुन त मधेस प्रदेशसभा सदस्य रानी शर्मा तिवारीलाई महिनावारी भएकै कारण पारिवारिक तनाव कहिल्यै भएन । हुनसक्छ परिवार शिक्षित भएकाले पनि होला उनले मैले कहिल्यै छाउ बार्नुपरेन । यस्तो असहजतामा भने बुवाले अझ बढी सहयोग गरेकाले पनि सहज भएको उनको बुझाइ छ ।

“पितृसत्ता र गलत सोचको विकास घरको परिवेशले पनि निर्माण गर्ने हो । समाजले हुर्काउँछ । तर मेरो घरको परिवेशले मलाईचाहिँ सजिलो भयो । त्यसैले सोचमै समस्या हुँदा महिनावारीमा महिलाले विभेद भोग्नुपरिरहेको छ”, उनले भनिन्।

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) मधेस प्रदेशसभा संसदीय दलकी प्रमुख सचेतकसमेत रहेकी तिवारीले आफू १३–१४ वर्षको उमेरमा पहिलोपटक महिनावारी हुँदा विभेद भोगेको भए आफ्नो सोच पनि नबदलिने सुनाइन् ।

“धेरैले भन्छन् सबैभन्दा ठूलो विभेद भगवान् रिसाउने नाममा चाडपर्व र पूजाकोठामा जान नपाएर हुन्छ । तर म पहिलोपटक लक्ष्मीपूजाकै समयमा महिनावारी हुँदा बुवाले पूजा गर्न रोक्नुभएन”, लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानक सन्दर्भमा हालै आयोजित कार्यक्रममा उनले भनिन्, “ममात्रै होइन, तराई मधेसका महिलाले सबैभन्दा ठूलो मानिएको छठ र जितिया पर्वमा महिनावारी भएकै अवस्थामा पूजा गर्न पाइन्छ । त्यसैले यो सोचमा भरपर्ने रहेछ ।”

तर महोत्तरीको लालबन्दीकी अस्मिता यादवको परिवेश भने फरक छ । महिनावारीको बेला उहाँलाई अरु सबै ठाउँमा जान दिइए पनि पूजाकोठामा जान भने अझै प्रतिबन्ध छ । अहिलेसम्म पनि पूजाकोठामा निषेध रहेको बताउने उनले भने, “मलाई महिनावारी प्राकृतिक हो भनेर सिकाइए पनि अरु ठाउँमा अवरोध कायमै छ । विद्यालय, घर, सार्वजनिकस्थलमा कुनै न कुनै नाममा विभेद हुन्छ । पर्याप्त र सहजरूपमा प्याडमा पहुँच नहुँदा आफैँलाई पनि महिनावारीको बेला असहज हुन्छ ।”

विगत लामो समयदेखि मर्यादित महिनावारीको क्षेत्रमा कार्यरत अभियन्ता डा राधा पौडेल महिनावारी विभेदले शक्ति र पितृसत्ताको निर्माण र सवलीकरण गर्ने जनाउँदै त्यसैकारण धेरै प्रयास हुँदा पनि समस्या कायम रहेको बताउँछन् । उनले महिनावारीका बेला भान्छामा गएर आफैँ खान नपाउनुले संविधानले दिएका १२ वटा मौलिक हक हनन हुने भन्दै सर्वोच्च अदालतले पनि छाउपडी अर्थात् महिनावारीलाई सन् २००५ मा नै मानवअधिकार हनन भनेर परिभाषित गरिसकेको स्मरण गराइन् ।

उनी भन्छन्, “महिनावारी नभएमा सृष्टि रोकिन्छ । तर यही नाममा धेरै विभेद भइरहेका छन् । बालविवाह, घर, विद्यालय, सार्वजनिकस्थलमा हुने अवरोधले महिलाको वृत्तिविकासमै असर गरिरहेको छ । त्यसकारण यसविरुद्ध सबै मिलेर प्रतिवाद गर्न जरुरी छ ।”

सन् २०२३ फेब्रुअरी १४ मा केन्याको सांसदमा त्यहाँका सांसदले ग्लोरिया ओओशेवाले महिनावारीको बेला रगत लागेको कपडा देखाउँदै गरेको विद्रोह र त्यसअघि सन् २०१८ जुन १८ मा स्कटल्याण्डको संसद् बैठकमा ढिलो भएकाबारे सोधिएको प्रश्नमा त्यहाँका माननीय ड्यानियल रुओलीले ‘महिनावारी भएकाले’ भन्ने जवाफ दिएर विश्वको ध्यानाकर्षण गराएजस्तै नेपालमा पनि नेतृत्व तहमा रहेकाहरूले समेत प्रतिकार, दबाब र सचेतनाका लागि सशक्त आवाज उठाउनुपर्ने डा पौडेलको धारणा छ ।

नेतृ रानी शर्मा तिवारीले पनि महिनावारीमा विभेद गर्दाको असर बालबालिका र सिङ्गो परिवारले भोग्नुपर्ने भन्दै त्यसविरुद्ध सचेतना अभिवृद्धि गर्न आग्रह गरिन् । प्रदेशसभा सचिवालयका शौचालयमा स्यानिटरी प्याड राख्न डेलिगेसन गएको स्मरण गर्दै उनले भनिन्, “महिलाले आफ्नो समस्याबारे खुलेर कुरा राख्नुपर्छ । आमा र केटी साथीलाई पनि भन्नुपर्छ । मैले त घरमा मात्रै होइन, संसद्मा रहेका पुरुष साथीलाई पनि ‘तपाईँहरू पनि उठाइदिनुस् न मेरो समस्या’ भन्ने गरेको छु ।”

प्रदेशसभा सदस्य माला कर्ण पनि महिनावारीले मानसिकरूपमै दबाब सिर्जना गर्ने भन्दै त्यस्तो अवस्था आउनुमा सबैको भूमिका रहेको बताउँछन् । “महिनावारी नभएमा सृष्टि नै चल्दैन भन्ने थाहा छ । तर त्यही नाममा हुने विभेदले महिलालाई मानसिक, शारीरिकलगायत अन्य जोखिम बढाइरहेको छ । त्यसकारण यसविरुद्ध घरघरमा जनचेतना बढाउन आवश्यक छ”, उनी भन्छन् ।

मधेस प्रदेशसभा सदस्य एवं नेपाली कांग्रेसका सचेतक कुमरकान्त झाले महिनावारीबारे पहिलो शिक्षक आमा र पहिलो विद्यालय परिवारबाटै सही अभ्यास सिकाउन जरुरी रहेको बताए । उनले मधेस प्रदेशसभा रहेको बालिका संरक्षणसम्बन्धी विधेयकमा महिनावारी शिक्षा अभियानमै अगाडि बढाउने विषय समावेश गर्नसके धेरै समस्या समाधान हुने बताए ।

त्यसैगरी जनमत पार्टीका नेता एवं प्रदेशसभा सदस्य सञ्जयकुमार यादवले मर्यादित महिनावारीका लागि पाठ्यक्रममै राखेर सुरुदेखि नै असल सन्देश दिनुपर्ने र त्यसका लागि आफूले पनि प्रदेशसभामा कुरा उठाउने प्रतिबद्धता व्यक्त गरे ।

अहिले विश्वभरि लिङ्गका आधारमा मान्छेमाथि हुने सबैखाले हिंसाविरुद्ध १६ दिने अभियान चलिरहेको छ । हरेक वर्ष अङ्ग्रेजी महिनाको नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म मनाइने यो दिवसकै एक अभिन्न दिनका रूपमा आज डिसेम्बर ८ का दिन ‘मर्यादित महिनावारी दिवस’ मनाइँदैछ ।

नेपालले विसं २०५४ देखि लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान मनाउँदै आएको छ भने सन् २०१९ अर्थात् २०७६ देखि मर्यादित महिनावारी दिवस मनाउन थालिएको छ । नेपालमा राधा पौडेल फाउण्डेशनलगायत सामाजिक संस्थाले मर्यादित महिनावारीबारे बहस चलाइरहेका छन् । रासस

 

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
नेपालमा ल्यान्ड क्रुजरको दबदबा : अफ-रोड क्षमता, विश्सनीयता र प्रतिष्ठाको बलियो पहिचान
मेटाले बनायो नबोले पनि मष्तिष्कमा खेलिरहेको बुझ्ने मेसिन्
नेपाली उपभोक्तालाई लक्षित एलजीको ‘इसेनसियल सिरिज’ सार्वजनिक, घरपरिवारका आवश्यकताअनुसार नयाँ घरेलु उपकरण

ताजा

नेपालमा ल्यान्ड क्रुजरको दबदबा : अफ-रोड क्षमता, विश्सनीयता र प्रतिष्ठाको बलियो पहिचान

मेटाले बनायो नबोले पनि मष्तिष्कमा खेलिरहेको बुझ्ने मेसिन्

नेपाली उपभोक्तालाई लक्षित एलजीको ‘इसेनसियल सिरिज’ सार्वजनिक, घरपरिवारका आवश्यकताअनुसार नयाँ घरेलु उपकरण

चट्याङ लागेर १२ वर्षीया बालिकाको मृत्यु, एक महिला घाइते

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.