शौर्य मिथिला लोक चित्रकलाको दोस्रो चरणको प्रतियोगिता सम्पन्न
काठमाडौँ । “मिथिला चित्रकला मधेशक शान एहिके उजागर करब शौर्यक अभियान” मुल नाराका साथ शौर्य सिमेन्टको आयोजना आयोजित मिथिला लोक चित्रकलाको दोस्रो चरणको प्रतियोगिता सम्पन्न भएको छ । मधेस प्रदेश स्तरमा गरिएको उक्त कार्यक्रममा १ सय ५० वटा भन्दा बढि आबेदन परेको थियो जसबाट दोस्रो चरणमा ७५ जनालाइ छनौट गरिएको थियो । छनौट भएका ७५ जनाले शौर्य सिमेन्ट उद्योग को परिसर स्थित हलमा क्यानभासमा दिइएको बिषय बस्तु अनुसार चित्र बनाउन लगाइएको थियो । उक्त चित्रकलाको आधारमा तेस्रो चरणको लागि १५ जनाको छनौट गरिने छ जसमा शौर्य सिमेन्टको पर्खालमा मिथिला चित्रकला बनाउनु पर्नेछ ।
तेस्रो चरणको प्रतियोगिता पौष २ गतेदेखि ७ गते सम्म चल्नेछ । यस प्रतियोगितामा प्रथम हुनेलाइ ७५ हजार, दुतिय हुनेलाइ ५० हजार, तृतिय हुनेलाइ २५ हजार र बाकि १२ जनालाइ ५ /५ हजार नगद प्रदान गरिने छ ।
उक्त कार्यक्रमको निर्णयक टिममा मिथिला आर्ट ग्यालरिका संचालक श्याम सुन्दर यादब र सुनैना आर्ट ग्यालरी का सुनैना ठाकुर रहनु भएको छ । आफनो समाजिक उतरदायित्व अन्तर्गत शौर्य सिमेन्ट इन्डस्ट्रीजले गरेको यो कार्यक्रमको चौतर्फि प्रसंशा भैरहेको छ ।
सम्बन्धित समाचार
अत्याधुनिक फिचरले भरिएको फराइजनको भी ७ ई ईभी भ्यान नाडा अटो शोमा सार्वजनिक
नाडा अटो शोमा हाइगरको ३१ सिटे प्रिमियम ईभी कोच सार्वजनिक
आज देशका विभिन्न स्थानमा मध्यमदेखि भारी वर्षाको सम्भावना
ग्राहकको मागपछि जेको जे५ प्रो को विशेष अफर : अब रु. ४७ लाख ९९ हजारमै
टोयोटाको विजय उत्सव सुरु : दशैंसम्म आकर्षक अफर
कामना सेवा विकास बैंकले बोलायो साधारणसभा, १५ प्रतिशत नगद लाभांश प्रस्ताव
ट्रेन्डिङ
२०८३ भदौ ५ गते शुक्रवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नामी भिगो ई २ रु. ३५.९९ लाखमा सार्वजनिक : सर्वाधिक स्पेस, फिचर्स र उत्कृष्ट पर्फर्मेन्ससहितको फुल-एसयूभी
२०८३ भदौ ४ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ८ गते सोमबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नेपाल बैंकको आकर्षक अटो लोन अफर : नाडा अटो शोमा आधार दरमा ०.४९ प्रतिशत प्रिमियममै कर्जा

