सोलुखुम्बुमा ‘एभरेष्ट दूधकोशी सांस्कृतिक पदमार्ग’ सुरु
सिलगुढी (सोलुखुम्बु)। पर्यटकीय जिल्ला सोलुखुम्बुको उत्तरी क्षेत्र माप्य दूधकोशी गाउँपालिकामा ‘एभरेष्ट दूधकोशी सांस्कृतिक पदमार्ग’को शुभारम्भ गरिएको छ ।
गाउँपालिका र ट्रेकिङ एजेन्सिज् एशोसिएसन अफ नेपाल (टान)को आयोजना तथा नेपाल पर्यटन बोर्डको सहकार्यमा निर्माण गरिएको उक्त पदमार्गलाई नयाँ गन्तव्यको रूपमा सुरुआत गरिएको हो ।
माप्य दूधकोशी–५, सिलगुढी डाँडामा आज आयोजित एक समारोहमा कोशी प्रदेशका पूर्वमन्त्री एवं प्रदेशसभा सदस्य बुद्धिकुमार राजभण्डारी, गाउँपालिकाका अध्यक्ष बुद्धिकिरण राई र टानका अध्यक्ष निलहरि बाँस्तोलाले संयुक्तरूपमा उक्त पदमार्गको शुभारम्भ गरे ।
नयाँ निर्माण गरिएको पदमार्ग चार रात पाँच दिनको हुने माप्य दूधकोशी गाउँपालिकाका अध्यक्ष राईले जानकारी दिए । सिलगुढीबाट, घुम्नेमेरा, कुधम, योतेलमा, राप्छा, माझगाउँ, खास्ताव, भुमेथान, पास्दा झरना, महभिरलगायतका स्थानमा पदयात्रा गर्न सकिने उनले बताए ।
प्रदेशसभा सदस्य राजभण्डारीले देशको अर्थतन्त्रको मेरुदण्डका रूपमा रहेको पर्यटन क्षेत्रको विकासमा सबै लाग्नुपर्ने बताए । “सगरमाथा क्षेत्र घुम्न आएका पर्यटकलाई यहाँ भित्र्याउन सके यस क्षेत्रको पर्यटनले गति लिन सक्थ्यो”, उनले भने ।
टानका अध्यक्ष बाँस्तोलाले विश्वको सर्वोच्च शिखर सगरमाथाको जिल्लामा नयाँ पदमार्ग निर्माण गर्न पाउँदा आफूलाई ज्यादै हर्ष लागेको बताए । “सगरमाथा र बुद्धको जन्मस्थल लुम्बिनीमा वार्षिक १० लाख पर्यटक भित्र्याउन नसक्नु दुःखद् कुरा हो”, उनले भने ।
सरकारलाई आज नेपालमा कति ट्रेकिङ गाइड छन् भन्ने कुरासमेत थाहा नहुँदा पर्यटन व्यवसायी मारमा परेका बाँस्तोलाको भनाइ थियो । टानले प्रादेशिक कार्यालय खोलेर अगाडि बढ्न चाहेको उनले बताए । अध्यक्ष बाँस्तोलाले स्थानीय सरकारले जथाभावी मोटरबाटो खन्दा पदमार्ग मासिन थालेको भन्दै चिन्ता व्यक्त गरे ।
पदमार्ग निर्माण संयोजक तथा पर्यटन व्यवसायी चोलेन्द्रबहादुर कार्कीले यो नयाँ गन्तव्य भएकाले यसको प्रचारप्रसार र प्रवर्द्धनका लागि सबै लाग्नुपर्नेमा जोड दिए । पछिल्लो समय माप्य दूधकोशी गाउँपालिकाको पर्यटन प्रवर्द्धन तथा विकासका लागि योजनाबद्ध कार्यक्रम अघि बढाइएको भन्दै यसलाई थप प्रभावकारीरूपमा अघि बढाउँदै लैजाने गाउँकार्यपालिका सदस्य प्रकाश खालिङले बताए।
विश्व कीर्तिमानी सगरमाथा आरोही कामीरिता शेर्पाले पर्यटकलाई लुकेर रहेका प्राकृतिक तथा ऐतिहासिक कुराहरु देखाउन सके पर्यटन क्षेत्रको विकास सहजरूपमा गर्न सकिने बताए। नयाँ पदमार्गबाट दूधकुण्ड हिमाल, सगरमाथा, मेरापिक क्षेत्रमा समेत जान सकिने स्थानीय पर्यटन व्यवसायी मानवीर खालिङले बताए ।
कार्यक्रममा नेपाल पर्यटन बोर्ड, ट्रेकिङ एजेन्सिज् एशोसिएसन अफ नेपाल (टान), २८ पटक विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गर्ने विश्व कीर्तिमान आरोही शेर्पा, माउण्टेन गाइड एशोसिएसन अफ नेपाललाई सम्मान गरिएको थियो ।
सम्बन्धित समाचार
काठमाडौँको सफलतापछि अब क्षेत्रीय २० शहरहरूमा एकै साथ नयाँ ‘ब्लु यामाहा एक्सएसआर १५५’ को अनावरण
आज तराईका केही भूभागमा बिहानपख हुस्सु लाग्ने
राष्ट्रिय परिचयपत्र नहुँदा पनि बैंकिङ सेवा लिन सकिने
एनएमबि बैंकद्वारा सिटीटेक र स्मार्ट च्वाइस टेक्नोलोजिजसँगको सहकार्यमा लुप पर्चेज क्रेडिट र इएमआई सेवा सुरु
टिकटकद्वारा त्रिभुवन विश्वविद्यालयमा न्यू मिडिया स्टोरीटेलिङ सम्बन्धी मास्टरक्लासको आयोजना
आज तराईका अधिकांश क्षेत्रमा हुस्सुको प्रभाव, चिसो बढ्ने क्रम जारी
ट्रेन्डिङ
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
ब्ल्याक+डेकरको ”दशैं विथ ब्ल्याक+डेकर” योजना सार्वजनिकः बम्परमा भियतनाम भ्रमणको अवसर
एनपीएलका लागि कीर्तिपुर मैदान तयार, फ्लडलाइटसहित नयाँ स्वरुपमा
भृकुटीमण्डपमा बजाजको ‘गेम अफ पावर’ एक्सचेन्ज कार्निभल सुरु
एनपीएल सिजन ३ मा ओमोडा एन्ड जेइकु र सिद्धार्थ बैंकको विशेष सहकार्य
