Jankari Kendra
१९ श्रावण २०८३, मंगलवार
Worldlink

पल शाहलाई सफाइ दिने उच्च अदालतको फैसला सर्वोच्च अदालतले दोहोर्‍याएर हेर्ने

जानकारी केन्द्र Logo
जानकारी केन्द्र
२०८०, मंसिर, ३०
पल शाहलाई सफाइ दिने उच्च अदालतको फैसला सर्वोच्च अदालतले दोहोर्‍याएर हेर्ने

काठमाण्डौं । अभिनेता पल शाहलाई सफाइ दिने उच्च अदालत पोखराको फैसला सर्वोच्च अदालतले दोहोर्‍याएर हेर्ने भएको छ। उनी नाबालिकालाई बलात्कार गरेको अभियोग लागेर १ बर्ष जेलमा बसेर सफाई पाएर बाहिर निस्केका थिए ।

जिल्ला अदालत, नवलपुरले गरेको फैसलाविरुद्ध परेको पुनरावेदनमाथि सुनुवाइ गर्दै उच्च अदालत, पोखराले शाहलाई सबै अभियोगबाट सफाइ दिएको थियो।

नवलपुर अदालतले बालयौन दुराचारको मुद्दामा शाहलाई साढे दुई वर्ष कैदको फैसला सुनाएको थियो। शाहले उक्त फैसलाविरुद्ध उच्च अदालत पोखरामा पुनरावेदन दिएका थिए। उच्च अदालतले उक्त मुद्दामा अभियोग दाबी नपुग्ने ठहर गर्द अभियोगबाट सफाइ दिएको थियो।

अभिनेता शाहलाई सफाइ दिने उच्चको फैसला त्रुटि रहेको भन्दै सरकारले मुद्दा दोहोर्‍याइ हेर्न दिएको निवेदनमा सर्वोच्चले अनुमति दिएको हो।

Top Changing Nepal

युट्युब सट्स