• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
१८ असार २०८३, बिहीबार
१८ असार २०८३, बिहीबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

नेपालमा ल्यान्ड क्रुजरको दबदबा : अफ-रोड क्षमता, विश्सनीयता र प्रतिष्ठाको बलियो पहिचान
  • १६ घण्टा 

मेटाले बनायो नबोले पनि मष्तिष्कमा खेलिरहेको बुझ्ने मेसिन्
  • १७ घण्टा 

नेपाली उपभोक्तालाई लक्षित एलजीको ‘इसेनसियल सिरिज’ सार्वजनिक, घरपरिवारका आवश्यकताअनुसार नयाँ घरेलु उपकरण
  • १९ घण्टा 

चट्याङ लागेर १२ वर्षीया बालिकाको मृत्यु, एक महिला घाइते
  • २० घण्टा 

जुनमा ९१ हजारभन्दा बढी विदेशी पर्यटक नेपाल आए
  • २० घण्टा 

फ्लप तेलुगु चलचित्रले रच्यो इतिहास, युट्युवमा १ अर्ब भ्युज पाउने बन्यो विश्वको पहिलो चलचित्र
  • २२ घण्टा 

एप्पलले पहिलो पटक फोल्डेबल आईफोन बजारमा ल्याउँदै
  • २३ घण्टा 

मौलापुरमा तत्काल विजुली, पानीको भुक्तानी गर्न सरकारको नाममा सर्वोच्च अदालतको अन्तरिम आदेश
  • २४ घण्टा 

एकैदिन प्रतितोला ६ हजार २ सय रुपैयाँले उकालो लाग्यो सुनको मुल्य, चाँदीमा पनि उच्च वृद्धि
  • १ दिन 

लोकप्रिय समाचार

  • १. सांग्रिला डेभलपमेन्ट बैंकको १५ हजार बढी संस्थापक सेयर बिक्रीमा

  • २. नेपाली उपभोक्तालाई लक्षित एलजीको ‘इसेनसियल सिरिज’ सार्वजनिक, घरपरिवारका आवश्यकताअनुसार नयाँ घरेलु उपकरण

  • ३. एल निनोको प्रभाव र बढ्दो तापक्रमको सामना गर्न सिजी ब्रान्डका उच्च कार्यक्षमताका एयर कुलरहरू बजारमा उपलब्ध

  • ४. आज यी स्थानमा भारी वर्षाको सम्भावना

  • ५. यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?

  • ६. इन्धन सस्तिएसँगै सार्वजनिक यातायातको भाडा घटाउने तयारी

  • ७. २०८३ असार १२ गते शुक्रबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

  • ८. धनगढीबाट काठमाडौं आउँदै गरेको बस दुर्घटना हुँदा २२ जना घाइते

  • ९. मेटाले बनायो नबोले पनि मष्तिष्कमा खेलिरहेको बुझ्ने मेसिन्

  • १०. महाराजगञ्जमा दिपलको नयाँ शोरुम उद्घाटन, काठमाडौंमा बजार उपस्थिति थप मजबुत

पर्यटक लोभ्याउने रामपुरको वशिष्ठ गुफा

जानकारी केन्द्र २०८०, पुष, १

रामपुर (पाल्पा) । कालीगण्डकी नदीको किनारमा अवस्थित वशिष्ठ गुफा क्षेत्रलाई आकर्षक पर्यटकीय क्षेत्रका रुपमा विकसित गरिने भएको छ । यसका लागि विभिन्न संरचना बनाएर व्यवस्थित गरिन लागिएको छ ।

पाल्पाको रामपुर नगरपालिका–४ स्थित भुलादीखोलाको भुद्रङ्गघाटमा रहेको गुफालाई स्थानीय सरकारले व्यवस्थित गर्न पछिल्लो समय विभिन्न पूर्वाधार निर्माणमा जोड दिएको छ । भुलादीखोलाको किनारमा करिब एक दर्जन बढी गुफा रहेका छन् । यसमध्ये यहाँ दुई गुफा ठूलो ओढार आकारमा छन् । गुफाभित्र शिवलिङ्ग, हात्तीका चित्र, शङ्ख, विभिन्न भगवान्का आकृतिलगायत आश्चर्यजनक चित्र छन् ।

गुफासम्म पुग्ने पैदलमार्ग, पैदलमार्ग छेउमा फलामको बारबन्देज, भुलादीखोलामा झोलुङ्गे पुल, गुफाको बाहिरी भागमा ढोका, गुफाभित्र बिजुली बत्तीलगायतका पूर्वाधार निर्माणकार्य गरिएको रामपुर–४ का वडाध्यक्ष रामबहादुर रानाले बताए ।

“पर्यटन क्षेत्रको प्रचुर सम्भावना बोकेको यस क्षेत्रमा आन्तरिक पर्यटक मात्र नभई बाहिरी पर्यटक भित्रिनेछन्”, उनले भने, “भौगोलिक हिसाबले प्राकृतिकरूपमा अवलोकनयोग्य ठाउँ रहेको हुँदा गुफालाई व्यवस्थित गर्दै पर्यटन विकासका कार्यमा हामी अग्रसर भएर काम गरिरहेका छौँ ।”

रामपुर नगरपालिकाले गुफा व्यवस्थित गर्दै माथिल्लो गुफामा पूर्णकदको रामको मूर्ति निर्माण गरेको छ । गुफामा रामको मूर्ति निर्माण गरिएपछि पर्यटकीय आकर्षण थपेको छ । गुफाभित्र पस्नेबित्तिकै भगवान् रामको मूर्तिले त्यहाँ पुग्ने जोकोही पनि तस्वीर खिचाउन, भिडियो खिच्न उत्साहित हुन्छन् । यस गुफाभित्र करिब दुई सय मानिस अट्ने क्षमता छ ।

सोही गुफा नजिकै तल्लो भागमा रहेको गुफा करिब पाँच सय बढी मानिस अट्ने क्षमताको छ । सो गुफाभित्र पसेपछि ठूलो ओढारमा गुफा फैलिएको देखिन्छ । भगवान्का विभिन्न अनौठा प्रकृतिका चित्रले सबैलाई लोभ्याइरहेको हुन्छ । तल्लो स्थानमा रहेको गुफा तीन तला आकृतिमा रहेको छ । यहाँ रामसीता, वशिष्ठ ऋषि, लक्ष्मण, हनुमानको मूर्ति बनाएर राख्ने तयारी छ । गुफा अवलोकनमा अहिलेसम्म निःशुल्क व्यवस्था गरिएको छ । अवलोकन गर्न जाने व्यक्तिले वडा कार्यालयमा सम्पर्क गरेर जाने गरेका छन् ।

वशिष्ठ ऋषिले तपस्या गरी बसोबास गरेको र त्रेतयुगमा भगवान् रामचन्द्र वनबास जाने क्रममा कालीगण्डकी नदीको तटमा अवस्थित रामघाटमा नुहाउने र कालीगण्डकी नदी नजिकै रहेको वशिष्ठ गुफामा तपस्या गरेर बसेको पौराणिक किंवदन्ती रहेको छ ।

रामपुर नगरपालिका–४ र ५ को सिमानामा परेकाले दुवै वडाको पर्यटन विकासमा यस गुफाले टेवा पुर्याउनेछ । गुफालाई व्यवस्थित गर्दै यहाँ पानीपोखरी, रोपवे, घरबास (होमस्टे)लगायतका पूर्वाधार विकासका कार्य थप गर्दै जाने योजना रहेको रामपुर–५ का वडाध्यक्ष दुर्गाप्रसाद पोखरेलले बताएका छन् ।

“गुफामात्र नभई यस क्षेत्रमा आवश्यक पूर्वाधार विकासका काम गर्दै जाने योजनाअनुसार अगाडि बढेका छौँ, प्राकृतिक वातावरणमा रमाउनका लागि हिजोआज युवायुवतीको आकर्षण बढ्दै जाँदा यो क्षेत्र पर्यटकीय गन्तव्यस्थल बन्नेछ”, उनले भने ।

वडाध्यक्ष पोखरेलका अनुसार गुफानजिकै रहेको कालीगण्डकी नदीको रामघाट क्षेत्रमा तीनमुखे झोलुङ्गे पुल निर्माण गर्ने योजना रहेको छ । तीनमुखे पुल बनेपछि यहाँको धार्मिक क्षेत्र रामघाट, कोप्चेघाट, नदीपारि स्याङ्जाको चापाकोट नगरपालिकामा अवस्थित रामजानकी मन्दिर जोडिने भएकाले महत्त्वपूर्ण धार्मिक पर्यटनको गन्तव्यस्थल बन्ने समाजसेवी मोहन रानाले बताए ।

विसं २०७५ को वैशाख तेस्रो हप्ता फेला परेको अनौठो प्रकृतिको गुफा हेर्नेको धेरै मानिसको आकर्षण बढ्यो । गुफा फेला परेपछि अवलोकन गर्न जानेको भीड बढ्न थालेपछि रामपुर नगरपालिकाले सुरक्षा व्यवस्थालाई मध्यनजर राख्दै गुफा बन्द गरेर राखेको थियो ।

विज्ञबाट अध्ययन अनुसन्धान भएपछि गुफालाई व्यवस्थित गर्दै ढोका लगाएर राख्ने गरिएको छ । पहिला यहाँ गुफा छ भन्ने सामान्य जानकारी भए पनि ठूला खालका गुफा रहेको कसैलाई पनि जानकारी थिएन । स्थानीयवासीले बाहिरी भागमा सानो दुलो देखेपछि खोजी गर्ने क्रममा भित्र पसेर अनुसन्धान गरेपछि गुफा रहेको पत्ता लागेको हो ।

कृत्रिम पूर्वाधार खडा गरी ठाउँ–ठाउँमा पर्यटन पूर्वाधारका कार्य भइरहेका छन् । अन्यत्र स्थानमा कृत्रिम ताल, गुफा निर्माण गरी पर्यटक भित्र्याउने होडबाजी चलिरहेको छ । आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन, आफ्नो गाउँठाउँको प्रचार–प्रसारका लागि धेरै लगानीमा पर्यटन पूर्वाधारका कार्यलाई प्राथमिकता दिन थालिएको छ ।

प्राकृतिकरूपमा सम्भावना बोकेका पौराणिक, ऐतिहासिक, धार्मिक क्षेत्रको विकासमा महत्व दिन सकियो भने यसबाट धेरै फाइदा लिन सकिनेछ । रामपुर नगरपालिकाको गौरवको योजनामा यस गुफालाई समेटिएको छ ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
नेपालमा ल्यान्ड क्रुजरको दबदबा : अफ-रोड क्षमता, विश्सनीयता र प्रतिष्ठाको बलियो पहिचान
मेटाले बनायो नबोले पनि मष्तिष्कमा खेलिरहेको बुझ्ने मेसिन्
नेपाली उपभोक्तालाई लक्षित एलजीको ‘इसेनसियल सिरिज’ सार्वजनिक, घरपरिवारका आवश्यकताअनुसार नयाँ घरेलु उपकरण

ताजा

नेपालमा ल्यान्ड क्रुजरको दबदबा : अफ-रोड क्षमता, विश्सनीयता र प्रतिष्ठाको बलियो पहिचान

मेटाले बनायो नबोले पनि मष्तिष्कमा खेलिरहेको बुझ्ने मेसिन्

नेपाली उपभोक्तालाई लक्षित एलजीको ‘इसेनसियल सिरिज’ सार्वजनिक, घरपरिवारका आवश्यकताअनुसार नयाँ घरेलु उपकरण

चट्याङ लागेर १२ वर्षीया बालिकाको मृत्यु, एक महिला घाइते

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.