Jankari Kendra
२२ भाद्र २०८३, सोमबार
Worldlink

तीव्र गतिमा रहेका बाइक जुध्यो : एकको मृत्यु, दुई जना घाइते

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८०, पुष, ३
तीव्र गतिमा रहेका बाइक जुध्यो : एकको मृत्यु, दुई जना घाइते

धनगढी । कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । कैलारी गाउँपालिका-७ बर्का बसन्ता स्थित हुलाकी सडक खण्डमा बा ८१ प ४२९८ नम्बरको मोटरसाइकल र से ५ प ४७७४ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किँदा सोमबार साँझ दुर्घटना भएको हो ।

बा ८१ प ४२९८ नम्बरको मोटरसाइकल चालकको कैलारी गाउँपालिका वडा नम्बर-५ का २८ वर्षीय शिशिर चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । घाइते भएका शिशिरको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले बताएको छ ।

दुर्घटनामा घाइते भएका से ५ प ४७७४ नम्बरको मोटरसाइकल चालक भजनी नगरपालिका-५ का २६ वर्षीय वीरबहादुर चौधरी र सोही मोटरसाइकलमा पछाडि सवार २८ वर्षीय राजेश डगौराको निसर्ग अस्पताल धनगढीमा उपचार भइरहेको छ । दुवै मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएर घटना सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

 

Top Changing Nepal

युट्युब सट्स