बारामा मोटरसाइकल दुर्घटना, दुई जनाको निधन
जानकारी केन्द्र
२०८०, पुष, ७
बारा । बाराको प्रसौनी गाउँपालिका २ स्थित दुधौरा पुलमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । शुक्रबार राति भएको दुर्घटनामा दुई जनाको निधन भएको हो ।
कलैया उपमहानगरपालिका १३ बलिरामपुरका २३ वर्षीय कुन्दन मेहता र कलैया उपमहानगरपालिका १२ शितलपुरका २२ वर्षीय अभिमनु कुशवाहाको मृत्यु भएको हो । कुन्दन वडाध्यक्ष राजेश मेहताका छोरा हुन् ।
कलैयाबाट वीरगन्जतर्फ जाँदै गरेको म प्र ०३-०३० प ४३९८ नम्बरको मोटरसाइकल करिब १२ बजे पुलमा ठोक्किएर दुर्घटना भएको बारा प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार कुन्दनको एलएस न्युरो अस्पताल र अभिमनुको नेशनल मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको हो ।
सम्बन्धित समाचार
कात्तिक ११ देखि १५ गतेसम्म नेपालमा वर्षा हुन सक्ने सम्भावना
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
फेसबुकको त्रुटि पत्ता लगाउने तनहुँकी सुप्रियालाई मेटाको ३ हजार ७५० अमेरिकी डलर पुरस्कार
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
आईसीसी क्रिकेट विश्वकप छनोटको प्लेअफ डिसेम्बर ४ देखि नेपालमा आयोजना हुने
एनपीएलका सम्पूर्ण खेललाई आईसीसीको लिस्ट ‘ए’ टी–२० मान्यता
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
