काभ्रेमा कोठाभित्र गुम्सिएर श्रीमानको मृत्यु, श्रीमती घाइते
जानकारी केन्द्र
२०८०, पुष, १०
काठमाडौँ । काभ्रेमा कोठाभित्र गुम्सिएर एकजनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् । कोठाभित्र गुम्सिएर काभ्रेको नमोबुद्ध नगरपालिका– १ का पूर्ववडा अध्यक्ष कर्मा ग्याल्बो लामाको मृत्यु भएको र उनकी श्रीमती असनी लामा घाइते भएको प्रहरीले जनाएको छ ।
उनीहरुको हिटर र कोइला तापेर सुत्दा निस्सासिएर मृत्यु भएको प्रहरीको भनाइ छ । लामाको उपचारका क्रममा धुलिखेल अस्पतालमा मृत्यु भएको हो ।
सोमबार बेलुका खाना खाएर सुतेका उनीहरु बिहान अबेरसम्म नउठेपछि छोराबुहारीले ढोका खोली हेर्दा बेहोस अवस्थामा भेटिएका थिए। त्यसपछि उनीहरूलाई उपचारका लागि अस्पताल ल्याइएको थियो ।
लामाकी श्रीमतीको अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
सम्बन्धित समाचार
भोटेकोशी बाढीमा १,३५३ को मृत्यु,अझै ४ हजार बेपत्ता
नबिल बैंकले घोषणा गर्यो १५.८० प्रतिशत लाभांश
स्वरोजगार लघुवित्त र विन नेपाल लघुवित्तको एकीकृत कारोबार शुभारम्भ
मधेशको धान खेतीमा सिँचाइ संकट,५०.५६५ क्षेत्र अझै सुविधाविहीन
आज देशभर भारी र मध्यम वर्षाको सम्भावना
मेक्सस द्वारा विपद् प्रभावित समुदायका लागि रु.८० लाख बराबरको राहत सहयोग प्रदान
ट्रेन्डिङ
२०८३ भदौं २० गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १९ गते शुक्रबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १६ गते मंगलबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
जेकु जे ५ अब दुई भेरियन्टमा उपलब्ध, मूल्य रु. ४७.९९ लाखदेखि
सुन-चाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

