नेपाली बजारमा सुनको मुल्यले बनायो नयाँ ऐतिहासिक रेकर्ड, तोलाको कति पुग्यो ?
जानकारी केन्द्र
२०८०, पुष, १२
काठमाडौँ । सुनको मूल्य हालसम्मकै उच्च भएको छ । आज छापावाल सुनको मूल्य प्रतितोला एक लाख २२ हजार रुपैयाँ पुगेर नयाँ रेकर्ड कायम गरेको हो । मंसिर १८ गते सोमबार सुनको मूल्य एक लाख २१ हजार ६ सय रुपैयाँ पुगेको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा एक लाख २२ हजार रुपैयाँ रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला एक लाख २१ हजार ४०० सय रुपैयाँ रहेको छ ।
त्यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । हिजो चाँदीको मूल्य प्रतितोला एक हजार चार सय ७५ रुपैयाँमा कारोबार भएकोमा आज बढेर प्रतितोला एक हजार ४ सय ९० रुपैयाँ पुगेको महासंघले जनाएको छ । यसअघि बिहीबार नेपाली बजारमा सुन प्रतितोला १ लाख २१ हजार ७ सय र चाँदी प्रतितोला १४ सय ७५ रुपैयाँमा कारोबार भईरहेको थियो ।
सम्बन्धित समाचार
कात्तिक ११ देखि १५ गतेसम्म नेपालमा वर्षा हुन सक्ने सम्भावना
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
फेसबुकको त्रुटि पत्ता लगाउने तनहुँकी सुप्रियालाई मेटाको ३ हजार ७५० अमेरिकी डलर पुरस्कार
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
आईसीसी क्रिकेट विश्वकप छनोटको प्लेअफ डिसेम्बर ४ देखि नेपालमा आयोजना हुने
एनपीएलका सम्पूर्ण खेललाई आईसीसीको लिस्ट ‘ए’ टी–२० मान्यता
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
