खुकुरी प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
जानकारी केन्द्र
२०८०, पुष, १५
झापा । झापाको दमकमा खुकुरी प्रहार गरी श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् पक्राउ परेका छन् । इलामको माङसेवुङ गाउँपालिका ४ घर भई हाल दमक नगरपालिका २ मा बस्दै आएका धनबहादुर विश्वकर्माले खुकुरी प्रहार गरी आफ्नै ६० वर्षीया श्रीमती इन्द्रकुमारी विश्वकर्माको हत्या गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
शनिबार दिउँसो २ बजेको समयमा दमक २ स्थित मखमली टोलमा कृष्ण विश्वकर्माको घरमा बस्दै आएका धनबहादुरले घरायसी झगडाको क्रममा श्रीमती इन्द्रकुमारी माथि खुकुरी प्रहार गरेका थिए । टाउको एवम् शरीर भरि खुकुरी प्रहार गर्दा उनको घटनास्थलमै मृत्यु भएको थियो ।
घटना घटे लगतै इलाका प्रहरी कार्यालय दमकले खुकुरीसहित धनबहादुरलाई नियन्त्रणमा लिएको थियो । प्रहरीले घटना बारे थप अनुसन्धान गरिरहेको जनाएको छ ।
सम्बन्धित समाचार
भोटेकोशी बाढीमा १,३५३ को मृत्यु,अझै ४ हजार बेपत्ता
नबिल बैंकले घोषणा गर्यो १५.८० प्रतिशत लाभांश
स्वरोजगार लघुवित्त र विन नेपाल लघुवित्तको एकीकृत कारोबार शुभारम्भ
मधेशको धान खेतीमा सिँचाइ संकट,५०.५६५ क्षेत्र अझै सुविधाविहीन
आज देशभर भारी र मध्यम वर्षाको सम्भावना
मेक्सस द्वारा विपद् प्रभावित समुदायका लागि रु.८० लाख बराबरको राहत सहयोग प्रदान
ट्रेन्डिङ
२०८३ भदौं २० गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १९ गते शुक्रबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १६ गते मंगलबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
जेकु जे ५ अब दुई भेरियन्टमा उपलब्ध, मूल्य रु. ४७.९९ लाखदेखि
सुन-चाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

