गण्डक नहरमा भारतीय युवकको शव फेला
वीरगंज । धोबनी गाउँपालिकास्थित गण्डक नहरको पुलमा लडेर आइतबार राति एक जना भारतीय युवकको मृत्यु भएको छ । भारत बिहार पश्चिमी चम्पारण चनपटिया निवासी ३० वर्षीय भुलाई रामको मृत्यु भएको इलाका प्रहरी कार्यालय, पोखरियाले जनाएको छ ।
भारतीय नम्बरको बीआर २२ बीबी ९४१६ को मोटरसाइकल पूर्वबाट पश्चिम साइफन भन्ने सहायक नहरको पुलबाट लडेर रामको मृत्यु भएको प्रहरीले जनाएको छ ।
हिजो राति नहरमा डुबेर मृत्यु भएका राम चढेको मोटरसाइकल नहरको पानी माथि तैरिरहेको अवस्थामा सोमबार बिहान भिखमपुरका युवकहरूले देखेर प्रहरीलाई खबर गरेका थिए ।
साइफन भन्ने सहायक नहरमा पानीको मात्रा बढी हुन्छ । प्रहरीले मोटरबोटको प्रयोगबाट मोटरसाइकल रहेको स्थानदेखि केही पर पानीमा रामको शव बरामद गरेको छ । राम हिजो पर्सा जिल्ला जगरनाथपुर गापा २ लक्ष्मीपुरस्थित ससुराली आएका थिए ।
बेलुका खाजा खान भनेर ससुरालीबाट बाहिरिएका उनी सोमबार बिहान मृत फेला परेका हुन् । प्रहरीले प्रारम्भिक अनुसन्धानमा मदिरा सेवन गरी सवारी दुर्घटनाबाट रामको मृत्यु भएको जनाएको छ । घटना बारे प्रहरीले थप अनुसन्धान जारी रहेको जनाएको छ ।
सम्बन्धित समाचार
भोटेकोशी बाढीमा १,३५३ को मृत्यु,अझै ४ हजार बेपत्ता
नबिल बैंकले घोषणा गर्यो १५.८० प्रतिशत लाभांश
स्वरोजगार लघुवित्त र विन नेपाल लघुवित्तको एकीकृत कारोबार शुभारम्भ
मधेशको धान खेतीमा सिँचाइ संकट,५०.५६५ क्षेत्र अझै सुविधाविहीन
आज देशभर भारी र मध्यम वर्षाको सम्भावना
मेक्सस द्वारा विपद् प्रभावित समुदायका लागि रु.८० लाख बराबरको राहत सहयोग प्रदान
ट्रेन्डिङ
२०८३ भदौं २० गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १९ गते शुक्रबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १६ गते मंगलबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
जेकु जे ५ अब दुई भेरियन्टमा उपलब्ध, मूल्य रु. ४७.९९ लाखदेखि
सुन-चाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

