मोटरसाइकलले ठक्कर दिँदा हेटौंडामा एक प्रहरी जवानको मृत्यु, तीनजना घाइते
जानकारी केन्द्र
२०८०, पुष, १८
काठमाडौँ । हेटौँडामा मोटरसाइकलको ठक्करबाट एक प्रहरी जवानको मृत्यु भएको छ । अन्य दुई प्रहरी जवानसहित ३ जना घाइते भएका छन् । हेटौंडा उपमहानगरपालिकाको थाना भर्याङमा मोटरसाइकलले ठक्कर दिदा २५ वर्षिय विनोद एडीको मृत्यु भएको छ ।
डडेलधुरा जिल्ला आलिताल गाउँपालिका ६ घर भएका एडी आज विहान दोडिँदै गरेको अवस्थामा मोटरसाइकलले ठक्कर दिएको थियो । एडी बागमती प्रदेश प्रहरी गण हेटौँडामा कार्यरत थिए ।
मोटरसाइकल समेत अनियन्त्रित भई पल्टिँदा मोटरसाइकल चालक ४१ वर्षिय लक्ष्मण लामा गम्भिर घाइते भएका छन् । उनलाई उपचारका लागि चितवन लगिएको छ । दुर्घटनामा सोही गणमा कार्यरत अन्य दुई प्रहरी जवान घाइते भएका छन् । घाइते भएका प्रहरी जवान नवराज सार्की र विजय खत्री भने सामान्य उपचार पछि गण फर्किएका छन् ।
सम्बन्धित समाचार
कात्तिक ११ देखि १५ गतेसम्म नेपालमा वर्षा हुन सक्ने सम्भावना
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
फेसबुकको त्रुटि पत्ता लगाउने तनहुँकी सुप्रियालाई मेटाको ३ हजार ७५० अमेरिकी डलर पुरस्कार
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
आईसीसी क्रिकेट विश्वकप छनोटको प्लेअफ डिसेम्बर ४ देखि नेपालमा आयोजना हुने
एनपीएलका सम्पूर्ण खेललाई आईसीसीको लिस्ट ‘ए’ टी–२० मान्यता
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
