महोत्तरीमा क्रुर यातना दिई हत्या, एक जना पक्राउ
जानकारी केन्द्र
२०८०, पुष, १९
महोत्तरी । महोत्तरी प्रहरीले क्रुर यातना दिई हत्या गरेको आरोपमा फरार रहेका एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा महोत्तरीको सम्सी गाउँपालिका २ पर्सा बस्ने ४२ वर्षीय प्यारे भन्ने शेष जसाउदिन रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।
२०७९ साल पुस ६ गते अब्दुस सलामको पसलमा काम गर्न राखेका स्थानीय मो। खुर्सेद अन्सारीलाई गालीगलौज गर्दै ज्यानै मार्ने नियतले क्रुर यातना दिँदा मृत्यु भएको थियो ।
सो घटनामा संलग्न रही फरार रहेकोमा मंगलबार दिउँसो सम्सी ६ बजार स्थितमा लुकीछिपी रहेको अवस्थामा पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेका जलाउदिनलाई इलाका प्रहरी कार्यालय, गौशाला, महोत्तरीमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
सम्बन्धित समाचार
भोटेकोशी बाढीमा १,३५३ को मृत्यु,अझै ४ हजार बेपत्ता
नबिल बैंकले घोषणा गर्यो १५.८० प्रतिशत लाभांश
स्वरोजगार लघुवित्त र विन नेपाल लघुवित्तको एकीकृत कारोबार शुभारम्भ
मधेशको धान खेतीमा सिँचाइ संकट,५०.५६५ क्षेत्र अझै सुविधाविहीन
आज देशभर भारी र मध्यम वर्षाको सम्भावना
मेक्सस द्वारा विपद् प्रभावित समुदायका लागि रु.८० लाख बराबरको राहत सहयोग प्रदान
ट्रेन्डिङ
२०८३ भदौं २० गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १९ गते शुक्रबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १६ गते मंगलबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
जेकु जे ५ अब दुई भेरियन्टमा उपलब्ध, मूल्य रु. ४७.९९ लाखदेखि
सुन-चाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

