हिजो बढेको नेप्से आज ८.७१ अंकले घट्यो
काठमाडौँ । एकदिनको वृद्धिपछि सेयर बजार पुन: घटेको छ । लगातार बढ्दै २८८.५१ अंकको सुधार देखिएपछि गएको ५ गते ३२.७७ अंकले घटेर बजार थामिएको थियो । त्यससहित लगातार ११७.७६ अंकले घटेपछि बजारमा बुधबार सुधार देखिएको थियो । तर बिहीबार पुन: झिनो अंकले बजार घटेको छ ।
यो साता सोमबार पहिलो कारोबारमा ८.७५ अंकले घटेको बजार मंगलबार ३०.०५ अंकले घटेको थियो । बुधबार २७.९० अंकले बढेको बजार बिहीबार पुनस् ८.७१ अंकले घटेर २०४९.२८ बिन्दुमा झरेको छ। ११३ कम्पनीको सेयर मूल्य बढेको बजारमा ५ अर्ब ५८ करोड ११ लाख रुपैयाँको कारोबार भएको छ । १२८ कम्पनीको सेयर मूल्य घटेको छ भने ५ कम्पनीको मूल्यमा परिवर्तन भएको छैन ।
गएको साता ८ गते आइतबार २१.०३ अंक, ११ गते बुधबार १७.२३ अंक र १२ गते बिहीबार १.९३ अंकले बजार घटेको थियो । अघिल्लो साता कारोबार भएको तीन दिन नै घटेको सेयर बजार यो साताको दुई कारोबार पनि ओरालो नै लागेको थियो ।
नीतिगत साथसँगै लगानीकर्ताहरू उत्साहित भइरहँदा बजारले उचाइ लिइरहेको थियो । गएको सातायता भने वृद्धि थामिएर बजार ओरालोतिर देखिएको हो ।
लामो समय ओरालो लाग्दै कमजोर बनिरहेको बजार मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षापछि उचालिएको थियो। स्थायी सुधारको आधार पर्खिरहेका लगानीकर्ता मौद्रिक नीतिको समीक्षामार्फत हुने व्यवस्थाको पर्खाइमा थिए। जसमा सेयर कर्जामा राष्ट्र बैंक नरम देखिएसँगै दोस्रो बजारले उतारचढावबीच लगानीकर्ताको साथ पाइरहेको थियो।
अहिले बजारको उतारचढावपूर्ण अवस्था देखिए पनि बजार धेरै तल नझर्ने र २२०० को बिन्दुतर्फ नै लाग्ने विश्लेषकहरूले बताइरहेका छन्। बजारमा अहिलेको अवस्थामा लगानीकर्ताहरू पर्ख र हेरको सोचमा नै देखिएका छन्। आउने साता पनि उतारचढावपूर्ण अवस्थाकै निरन्तरता रहे पनि बजारले हरियाली समाउने विश्लेषकहरूले बताइरहेका छन्।
सम्बन्धित समाचार
कात्तिक ११ देखि १५ गतेसम्म नेपालमा वर्षा हुन सक्ने सम्भावना
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
फेसबुकको त्रुटि पत्ता लगाउने तनहुँकी सुप्रियालाई मेटाको ३ हजार ७५० अमेरिकी डलर पुरस्कार
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
आईसीसी क्रिकेट विश्वकप छनोटको प्लेअफ डिसेम्बर ४ देखि नेपालमा आयोजना हुने
एनपीएलका सम्पूर्ण खेललाई आईसीसीको लिस्ट ‘ए’ टी–२० मान्यता
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
