• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
२७ बैशाख २०८३, आइतबार
२७ बैशाख २०८३, आइतबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

एसईई नतिजा हेर्ने तरिका सार्वजनिक : एसएमएस, आईभीआर र वेबसाइटमार्फत नतिजा प्राप्त गर्न सकिने
  • १७ घण्टा 

बर्लीको आक्रामक विस्तार : २२ मोडेलसहित नेपालकै ठुलो रेञ्ज, नयाँ डेजर्ट र पर्सनल कुलर सार्वजनिक
  • १८ घण्टा 

२०८३ वैशाख २८ गते सोमबार हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
  • २० घण्टा 

देशभर ‘सरसफाइ सप्ताह २०८३’ सञ्चालन गरिने
  • २१ घण्टा 

वैशाख २९ भित्रै एसइई नतिजा सार्वजनिक हुने, बोर्डको अन्तिम तयारी पुरा
  • २३ घण्टा 

नेपाल कम्युनिभर्सिटीद्वारा ‘सामाजिक नवप्रवर्तन र उद्यमशीलतामा स्नातकोत्तर’ कार्यक्रमको औपचारिक उद्घाटन
  • २४ घण्टा 

MAW Group has closed 100+ Bookings at Chitwan Auto Show 2026
  • १ दिन 

घट्यो आज सुनको मुल्य, कतिमा हुँदैछ कारोबार ?
  • १ दिन 

२४ घण्टामा १ हजार ८५४ चालक कारबाहीमा : ४ चार लाख ४८ हजार राजस्व संकलन
  • १ दिन 

लोकप्रिय समाचार

  • १. स्थलमार्गबाट आउने पर्यटकले अब अनलाइनबाटै सवारी दर्ता गर्न मिल्ने

  • २. नेपाल बैंकका ग्राहक र कर्मचारीलाई बि एण्ड बि हस्पिटलमा छुट

  • ३. प्याब्सनसहित शैक्षिक संस्थाको संयुक्त प्रतिबद्धता : सुकुम्बासी बस्ती हटाउने क्रममा प्रभावित बालबालिकाको शिक्षा निरन्तरता सुनिश्चित गर्ने

  • ४. ट्राफिक कारबाहीबाट एकैदिन २६ लाख ६० हजार राजस्व सङ्कलन

  • ५. नेपाल कम्युनिभर्सिटीद्वारा ‘सामाजिक नवप्रवर्तन र उद्यमशीलतामा स्नातकोत्तर’ कार्यक्रमको औपचारिक उद्घाटन

  • ६. वीरगञ्ज भन्सारमा रोकिए १४ सयभन्दा बढी मालवाहक सवारी

  • ७. बजार अनुगमनमा तीन फर्म कारबाहीमा, ७५ हजार रुपैयाँ जरिवाना

  • ८. मे महिनामा कस्तो होला त तपाईको भाग्य ? हेर्नुहोस् मासिक राशिफल

  • ९. फरवार्ड माइक्रोफाइनान्सको तेह्रौँ वार्षिक साधारण सभा सम्पन्न

  • १०. देशभर पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायूको प्रभाव : यी क्षेत्रमा चट्याङ्गसहित वर्षाको सम्भावना

जनकपुरधामबाट राम जन्मभूमि अयोध्या भार पठाइयो

जानकारी केन्द्र २०८०, पुष, १९

गोदार (धनुषा) । जनकपुरधामबाट भारतको अयोध्याका लागि भार (उपहार) पठाइएको छ । आगामी माग ८ गते भगवान रामको जन्मभूमि अध्योध्यामा हुन लागेको ‘श्रीराम मन्दिर प्राण प्रतिष्ठा’का लागि जनकपुरधाम९अयोध्याधाम यात्रासहित आज बिहान भार पठाइएको हो।

जानकी मन्दिर प्राङ्गणमा आज आयोजित विशेष समारोहमा मधेस प्रदेश सरकारका मुख्यमन्त्री सरोजकुमार यादव, प्रतिनिधिसभा सांसद एवं नेपाली कांग्रेसका नेता विमलेन्द्र निधि, जानकी मन्दिरका महन्थ रामतपेश्वर दासलगायतले भार लिएर अयोध्या जाने टोलीलाई बिदाइ गरे । जानकी मन्दिरको अगुवाइमा विशेष यात्रासहित भार लिएर यहाँबाट यात्रा प्रारम्भ भएको जानकी मन्दिरका सहमहन्थ रामरोशन दास वैष्णवले जानकारी दिए ।

मैथिल परम्पराअनुसार छोरीको घरमा हुने शुभकार्यमा माइती पक्षबाट विशेषरूपमा कोसेली पठाउने गरिन्छ । सोही परम्पराअनुसार राममन्दिर उद्घाटनका अवसरमा माता सीताको माइतीपक्ष जनकपुरधामबाट एक हजार एक सय भार त्यसतर्फ पठाइएको हो । भारमा विभिन्न प्रकारका आभूषण, भाँडा, कपडाका साथै मीठाइलगायतका भार बाँसबाट बनाइएका विशेष चङ्गेरमा सजाइएका छन् ।

राममन्दिरको प्राण प्रतिष्ठा (उद्घाटन) लाई नयाँ गृह प्रवेशका रूपमा लिई ‘घरबासक भार’ लिएर जनकपुरधामबाट करिब तीन सय जनाको टोली त्यहाँ प्रस्थान गरेको सहमहन्थ दासको भनाइ छ ।

जनकपुरधामबाट जलेश्वर नाथ, मलङ्गवा, सिम्रौनगढ, गढीमाई, वीरगञ्ज हुँदै भारतको बेतिया, कुशीनगर, सिद्धार्थनगर गोरखपुरसम्म विभिन्न धार्मिकस्थलको दर्शन गर्दै अयोध्या पुग्ने र पुस २१ गते अयोध्यामा श्रीराम जन्मभूमि राममन्दिर ट्रष्टलाई भार हस्तान्तरण गरिने छ ।

यस कार्यले नेपाल–भारतबीच त्रेतायुगदेखि चलिआएको वैवाहिक सांस्कृतिक सम्बन्धको महत्व दर्शाउनुका साथै त्यसलाई थप बलियो बनाउन भूमिका खेल्ने विश्वास गरिएको जनकपुरधाम उपमहानगरपालिका प्रमुख एवं भारयात्रा मूल समारोह समितिका संरक्षक मनोजकुमार साहले बताए ।

सहमहन्त दासले पनि यस कार्यले नेपाल भारतबीच सदियौँदेखि कायम सम्बन्धलाई थप प्रगाढ बनाउनुका साथै नेपालमा पर्यटन प्रवर्द्धनका लागि विश्वभर सन्देश प्रवाह हुनेमा विश्वास व्यक्त गरे । यसअघि निर्माणाधीन राममन्दिरको प्राणप्रतिष्ठा हुने दिन अभिषेक गर्न नेपालबाट जल पठाइएको थियो । विश्व हिन्दू परिषद् नेपालको नेतृत्वमा नेपालका विभिन्न नदीहरूबाट सङ्कलन गरिएको जल अयोध्या पठाइएको थियो ।

अयोध्यामा मन्दिर निर्माण सुरू भएपछि गत वर्ष नेपालको कालीगण्डकी नदी किनारबाट दुईवटा शिलासमेत अयोध्या पठाइएको थियो ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
एसईई नतिजा हेर्ने तरिका सार्वजनिक : एसएमएस, आईभीआर र वेबसाइटमार्फत नतिजा प्राप्त गर्न सकिने
बर्लीको आक्रामक विस्तार : २२ मोडेलसहित नेपालकै ठुलो रेञ्ज, नयाँ डेजर्ट र पर्सनल कुलर सार्वजनिक
२०८३ वैशाख २८ गते सोमबार हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

ताजा

एसईई नतिजा हेर्ने तरिका सार्वजनिक : एसएमएस, आईभीआर र वेबसाइटमार्फत नतिजा प्राप्त गर्न सकिने

बर्लीको आक्रामक विस्तार : २२ मोडेलसहित नेपालकै ठुलो रेञ्ज, नयाँ डेजर्ट र पर्सनल कुलर सार्वजनिक

२०८३ वैशाख २८ गते सोमबार हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

देशभर ‘सरसफाइ सप्ताह २०८३’ सञ्चालन गरिने

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.