श्रीमानद्वारा खुकुरी प्रहार, श्रीमती गम्भीर घाइते
लमजुङ । लमजुङको मर्स्याङ्दी गाउँपालिका ७ उस्ताबेंसीसमा श्रीमानको खुकुरी प्रहारबाट श्रीमती गम्भीर घाइते भएकी छन् । प्रहरीका अनुसार शुक्रबार राति साढे ८ बजेतिर २७ वर्षीय कुमार बिकले २१ वर्षीय रितु बिकलाई खुकुरी प्रहार गरेका थिए ।
खुकुरी प्रहारबाट गम्भीर घाइते रितुलाई बेंसीसहरस्थित लमजुङ अस्पतालमा प्राथामिक उपचार गरी चितवन मेडिकल कलेजमा लगिएको छ। पछाडिबाट खुकुरी हान्दा रितुको बंगरा नजिकै गम्भीर चोट लागेको र बोल्न सक्ने अवस्थामा नरहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार समयमै उद्दार गरी स्वास्थ्य संस्थामा ल्याइएका कारण समयमै उपचार पाएको र हाल अवस्था खतरामुक्त रहेको छ । दोर्दी गाउँपालिका ४ कुप्लिङ घर भएका कुमार माइतमा रहेकी श्रीमती लिन ३ दिनअघि ससुराली आएको बुझिएको प्रहरीले जनाएको छ ।
रितु घरमा झगडा भएपछि गत मंसिर पहिलो साता माइत आएर बसेकी थिइन् । जिल्ला प्रहरी कार्यालय प्रमुख डीएसपी मिनबहादुर घलेले श्रीमतीलाई खुकुरी प्रहार गरी कुमार भागेको र उनको खोजी कार्य भइरहेको बताए ।
सम्बन्धित समाचार
कात्तिक ११ देखि १५ गतेसम्म नेपालमा वर्षा हुन सक्ने सम्भावना
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
फेसबुकको त्रुटि पत्ता लगाउने तनहुँकी सुप्रियालाई मेटाको ३ हजार ७५० अमेरिकी डलर पुरस्कार
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
आईसीसी क्रिकेट विश्वकप छनोटको प्लेअफ डिसेम्बर ४ देखि नेपालमा आयोजना हुने
एनपीएलका सम्पूर्ण खेललाई आईसीसीको लिस्ट ‘ए’ टी–२० मान्यता
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
