श्रीमानद्वारा खुकुरी प्रहार, श्रीमती गम्भीर घाइते
लमजुङ । लमजुङको मर्स्याङ्दी गाउँपालिका ७ उस्ताबेंसीसमा श्रीमानको खुकुरी प्रहारबाट श्रीमती गम्भीर घाइते भएकी छन् । प्रहरीका अनुसार शुक्रबार राति साढे ८ बजेतिर २७ वर्षीय कुमार बिकले २१ वर्षीय रितु बिकलाई खुकुरी प्रहार गरेका थिए ।
खुकुरी प्रहारबाट गम्भीर घाइते रितुलाई बेंसीसहरस्थित लमजुङ अस्पतालमा प्राथामिक उपचार गरी चितवन मेडिकल कलेजमा लगिएको छ। पछाडिबाट खुकुरी हान्दा रितुको बंगरा नजिकै गम्भीर चोट लागेको र बोल्न सक्ने अवस्थामा नरहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार समयमै उद्दार गरी स्वास्थ्य संस्थामा ल्याइएका कारण समयमै उपचार पाएको र हाल अवस्था खतरामुक्त रहेको छ । दोर्दी गाउँपालिका ४ कुप्लिङ घर भएका कुमार माइतमा रहेकी श्रीमती लिन ३ दिनअघि ससुराली आएको बुझिएको प्रहरीले जनाएको छ ।
रितु घरमा झगडा भएपछि गत मंसिर पहिलो साता माइत आएर बसेकी थिइन् । जिल्ला प्रहरी कार्यालय प्रमुख डीएसपी मिनबहादुर घलेले श्रीमतीलाई खुकुरी प्रहार गरी कुमार भागेको र उनको खोजी कार्य भइरहेको बताए ।
सम्बन्धित समाचार
भोटेकोशी बाढीमा १,३५३ को मृत्यु,अझै ४ हजार बेपत्ता
नबिल बैंकले घोषणा गर्यो १५.८० प्रतिशत लाभांश
स्वरोजगार लघुवित्त र विन नेपाल लघुवित्तको एकीकृत कारोबार शुभारम्भ
मधेशको धान खेतीमा सिँचाइ संकट,५०.५६५ क्षेत्र अझै सुविधाविहीन
आज देशभर भारी र मध्यम वर्षाको सम्भावना
मेक्सस द्वारा विपद् प्रभावित समुदायका लागि रु.८० लाख बराबरको राहत सहयोग प्रदान
ट्रेन्डिङ
२०८३ भदौं २० गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १९ गते शुक्रबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १६ गते मंगलबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
जेकु जे ५ अब दुई भेरियन्टमा उपलब्ध, मूल्य रु. ४७.९९ लाखदेखि
सुन-चाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

