सत्ता गठबन्धनको बैठक सकियो, राष्ट्रियसभाको निर्वाचनमा एमालेलाई नसमेट्ने
काठमाडौं । सत्ता गठबन्धनको शीर्ष नेताहरुको बैठक सम्पन्न भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकमा आगामी माघ ११ गते हुने राष्ट्रियसभाको निर्वाचनको लागि भागबण्डाबारे छलफल भएको हो ।
यसअघि राष्ट्रियसभाको निर्वाचनमा एमालेलाई पनि समेट्नेगरि प्रधानमन्त्री पुष्पकमल दाहालले गठबन्धनमा प्रस्ताव गरेका थिए । प्रधानमन्त्री दाहालको उक्त प्रस्तावमा कांग्रेस सभापति शेरबहादुर देउवा र जसपाका अध्यक्ष उपेन्द्र यादव सकारात्मक थिए ।
तर, टिआरसी विद्येयक टुँगो लगाउनको लागि एमालेले अड्को थापेको भन्दै अब राष्ट्रियसभामा समेट्न नसक्ने गठबन्धनका शीर्ष नेताहरुले निश्कर्ष निकालेका छन् । हिजोमात्र कांग्रेस सभापति देउवाले रिपोर्टर्स नेपाल डटकममार्फत एमलेलाई राष्ट्रियसभाको निर्वाचनमा अब समेट्न नसकिने खुलासा गरेका थिए ।
१९ सिटको लागि हुने राष्ट्रियसभाको निर्वाचनको लागि पर्सी उम्मेद्वारी दर्ता हुँदैछ । त्योभन्दा अघि नै गठबन्धनमा सिटको भागबण्डा हुँदैछ ।
सम्बन्धित समाचार
स्याक्म्यानका एक्स–५०००ई विद्युतीय ट्र्याक्टर र डम्प—ट्रक नेपाल आउँदै
रु.१० मै ‘जात्रा केयर’ बीमा, २ लाख ३० हजार रुपैयाँसम्मको सुरक्षा
रिडाराले ल्यायो ‘चाडपर्वको रोमाञ्चक यात्रा’ अभियान,रिडारा इकोन किन्दा नथिङ फोन ए ४ प्रो सित्तैमा
यस दशैंमा आयोनको विशेष उपहार, आकर्षक अफरसहित तत्काल डेलिभरी
एनएमबि बैंक र इसिमोड बीच दिगो विकासका लागि सहकार्य
सुन-चाँदीको मूल्य घट्यो,कतिमा हुँदैछ कारोबार ?
ट्रेन्डिङ
२०८३ असोज ८ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ७ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
इसेवा र सिटिजन्स बैंकद्वारा अपाङ्गता भएका व्यक्तिका लागि ‘स्वावलम्बन कर्जा’ सुरु
२०८३ असोज ६ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

