बससँग मोटरसाइकल ठोक्किँयो : एकको निधन, दुई जना गम्भीर घाइते
झापा । झापाको बिर्तामोड नगरपालिका २ स्थित चारपाने चोकमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार दुर्घटनामा परी मोटर साइकल चालक कन्काई नगरपालिका ८ का ४४ वर्षीय तोयानाथ उप्रेतीको मृत्यु भएको हो ।
शनिबार साँझ भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने अन्य दुई जना गम्भीर घाइते भएका छन् । साँझ ६ बजे पिकनिक गएर इलामबाट फर्कदै गरेको धरान–विराटनगर चल्ने नागरिक यातायातको प्र–०२–००२ ख ९०१४९ नम्बरको बससँग मे १ प ७२४८ नम्बरको मोटरसाइकल ठोक्किँएको थियो ।
पश्चिमतर्फ जाँदै गरेको सो बसलाई तीन जना सवार मोटरसाइकलले ओभरटेक गर्न खोज्दा बसको अगाडि भागमा ठोक्किँएको थियो । घाइते भएका उप्रेतीलाई उपचारका लागि बिर्तासिटी अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए ।
मोटरसाइकलमा सवार अन्य दुई जना गम्भीर घाइते छन् । दुर्घटनामा परी कन्काई नगरपालिका ५ का ५९ वर्षीय रविरत्न सिटौला र बाह्रदशी ७ का सागर माझी घाइते भएका हुन् ।
सम्बन्धित समाचार
कात्तिक ११ देखि १५ गतेसम्म नेपालमा वर्षा हुन सक्ने सम्भावना
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
फेसबुकको त्रुटि पत्ता लगाउने तनहुँकी सुप्रियालाई मेटाको ३ हजार ७५० अमेरिकी डलर पुरस्कार
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
आईसीसी क्रिकेट विश्वकप छनोटको प्लेअफ डिसेम्बर ४ देखि नेपालमा आयोजना हुने
एनपीएलका सम्पूर्ण खेललाई आईसीसीको लिस्ट ‘ए’ टी–२० मान्यता
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
