सिता गुरुङ एक्शन–ओरिएण्टेड मिनिस्टर, प्रधानमन्त्री प्रचण्डले पनि गरे कामको प्रशंसा
काठमाडौं । शहरी विकासमन्त्री सिता गुरुङ् एक्शन–ओरिएण्टेड मन्त्रीको रूपमा परिचित छिन् । शहरी विकास मन्त्रालयको नेतृत्व सम्हालेको छोटो समयमा नै उनले गरेका कामले प्रशंसा बटुल्न थालेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहालले पनि मन्त्री गुरुङको कामकारबाहीबाट आफूले प्रभावित भएको भन्दै सबै मन्त्रीहरुको अगाडि नै प्रशंसा गरेका छन् ।
०७९ मंसिरको निर्वाचनमा नेपाली कांग्रेसबाट प्रत्यक्षमा जित्ने एकमात्रै महिला सांसदसमेत रहेकी गुरुङलाई सभापति शेरबहादुर देउवाले उनको क्षमता देखेरै नै सो मन्त्रालयको जिम्मेवारी दिएका हुन् । उनले पनि सभापति देउवाको विश्वासलाई डगमगाउन नदिई आफ्नो जिम्मेवारीमा खरो उतारेकी छिन् ।
मन्त्री गुरुङले विभिन्न विनियमावली र रणनीति पत्रसमेत तयार पारेकी छिन् । सुरक्षित नागरिक आवास निर्माणअन्तर्गत यस अवधिमा थप २९ हजार ९ सय ९२ लाभग्राही छनौट १ लाख ६२ हजार ७ सय २० लाभग्राहीका लागि सुरक्षित नागरिक आवास भवन निर्माण कार्य सम्पन्न भएको छ ।
मन्त्री गुरुङले विकास निर्माणसँगै सम्पदा संरक्षणमा पनि ध्यान दिएकी छिन् । उनी आएपछि काठमाडौं उपत्यकाका विभिन्न स्थानका १७ वटा सत्तल र मठमन्दिर, ऐतिहासिक सम्पदा पुनर्निमाण र जीर्णोदार कार्य सम्पन्न भएको छ ।
उनी मन्त्रालयको नेतृत्वमा आएपनि उनको सक्रियतामा प्रधानमन्त्री आवास भवन, विशेष सरकारी वकिल कार्यालय तथा जिल्ला सरकारी वकिल कार्यालय, प्रदेश प्रमुख तथा मुख्यमन्त्री आवास भवन निर्माण सम्पन्न भएका छन् । यस्तै, ललितपुरको सैंबुस्थित् संघीय मन्त्री आवास भवन तथा संघीय संसद् भवनका सम्पूर्ण ब्लकहरुको संरचना निर्माण कार्य सम्पन्न भएको छ ।
सम्बन्धित समाचार
स्याक्म्यानका एक्स–५०००ई विद्युतीय ट्र्याक्टर र डम्प—ट्रक नेपाल आउँदै
रु.१० मै ‘जात्रा केयर’ बीमा, २ लाख ३० हजार रुपैयाँसम्मको सुरक्षा
रिडाराले ल्यायो ‘चाडपर्वको रोमाञ्चक यात्रा’ अभियान,रिडारा इकोन किन्दा नथिङ फोन ए ४ प्रो सित्तैमा
यस दशैंमा आयोनको विशेष उपहार, आकर्षक अफरसहित तत्काल डेलिभरी
एनएमबि बैंक र इसिमोड बीच दिगो विकासका लागि सहकार्य
सुन-चाँदीको मूल्य घट्यो,कतिमा हुँदैछ कारोबार ?
ट्रेन्डिङ
२०८३ असोज ८ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ७ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
इसेवा र सिटिजन्स बैंकद्वारा अपाङ्गता भएका व्यक्तिका लागि ‘स्वावलम्बन कर्जा’ सुरु
२०८३ असोज ६ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

