हुस्सुले बाटो नदेख्दा दुई मोटरसाइकल ठोक्किँयो, दुई जनाको निधन
महोत्तरी । बाक्लो हुस्सु लागेका कारण विपरीत दिशाबाट आएका दुई मोटरसाइकल आपसमा ठोक्किँएर महोत्तरीको औरहीमा दुर्घटना भएको छ । तीव्र गतिमा रहेका चालकले एकअर्कालाई नदेख्दा भएको दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।
बर्दिबास–जलेश्वर सडक खन्डमा दुई मोटरसाइकल एकआपसमा ठोक्किँदा दुवै मोटरसाइकल चालकको मृत्यु भएको र पछाडि सवार दुई जना गम्भीर घाइते भएको इलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ ।
औरही नगरपालिका–१ वडा कार्यालय नजिक सोमबार राति ९ बजे बर्दिबासबाट रामगोपालपुर तर्फ जाँदै गरेको प्रदेश २–०२–००४ प १८४० नम्बरको पल्सर मोटरसाइकल र रामगोपालपुरबाट बर्दिबास तर्फ आउँदै गरेको ज ११ प ८०९९ नम्बरको डिस्कभर मोटरसाइकल ठोक्किँएर दुर्घटना भएको हो ।
दुर्घटनामा पल्सर मोटरसाइकल चालक रामगोपालपुर नगरपालिका थली विर्ताका ३० वर्षीय मुकेश चमार र डिस्कभर मोटरसाइकल चालक भंगहा नगरपालिका ३ का ३२ वर्षीय धर्मेन्द्र महतोको मृत्यु भएको हो ।
दुर्घटनामा परेर गम्भीर घाइते भएका दुवै जनालाई उपचारका लागि बर्दिबासस्थित शुभस्वस्तिक अस्पताल लगिएको छ। गम्भीर घाइते दुवै जनाको केहिबेरमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
सम्बन्धित समाचार
कात्तिक ११ देखि १५ गतेसम्म नेपालमा वर्षा हुन सक्ने सम्भावना
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
फेसबुकको त्रुटि पत्ता लगाउने तनहुँकी सुप्रियालाई मेटाको ३ हजार ७५० अमेरिकी डलर पुरस्कार
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
आईसीसी क्रिकेट विश्वकप छनोटको प्लेअफ डिसेम्बर ४ देखि नेपालमा आयोजना हुने
एनपीएलका सम्पूर्ण खेललाई आईसीसीको लिस्ट ‘ए’ टी–२० मान्यता
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
