Jankari Kendra
३० श्रावण २०८३, शनिबार
Worldlink

पशुपतिनाथ मन्दिरमा स्तनपानकक्ष सञ्चालन

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८०, पुष, २४
पशुपतिनाथ मन्दिरमा स्तनपानकक्ष सञ्चालन

काठमाडौँ । पशुपतिनाथ मन्दिर परिसरमा स्तनपानकक्ष स्थापना भएको छ । आजदेखि सञ्चालनमा आएको उक्त कक्षको उद्घाटन गर्दै संस्कृति, पर्यटन तथा नागरिक उडड्यन राज्यमन्त्री सुशीला सिर्पाली ठकुरीले स्वच्छ वातावरणमा स्तनपान गराउने व्यवस्था भएकामा त्यसको सराहना गरे।

स्तनपान कक्ष देशभित्र तथा बाह्यमुलुकबाट आउने भक्तजनमा सकारात्मक सन्देश प्रवाह हुने राज्यमन्त्री सिर्पालीले बताए । मन्दिर परिसरमा पशुपति क्षेत्र विकास कोषले स्तनपानकक्ष स्थापना गरेको हो ।

पशुपति क्षेत्र विकास कोषको कार्यकारी निर्देशक लक्ष्मी पुनले मन्दिर परिसरमा स्तनपानकक्ष नभएका कारण सडक पेटी, सुरक्षाकर्मीको कार्यकक्षलगायत स्थानमा स्तनपान गराउनुपर्ने बाध्यताबाट काखेशिशु लिएर मन्दिर आउने आमाहरू मुक्त भएका बताए ।

naima expoTop Changing Nepal

युट्युब सट्स