टुडिखेलमा हुने माघी महोत्सवका लागि स्टल बुकिङ खुल्ला
काठमाडौँ । काठमाडौँको टुँडिखेलमा थारू राष्ट्रिय माघी महोत्सवको लागि स्टल बुकिङ खुल्ला भएको छ । पुस २९ र माघ १ गते हुने माघी महोत्सवका लागि स्टल खुल्ला भएको माघी महोत्सवका स्टल संयोजक चन्द्रप्रकाश चौधरीले बताए ।
उनका अनुसार महोत्सवमा स्टल राख्नका लागि हालसम्म ४० वटा बुक भइसकेको छ भने थप स्टलहरू पुस २७ गतेसम्म बुकिङका लागि खुल्ला रहनेछ ।
महोत्सवमा थारु खानपिन, हस्तकला, पुस्तक प्रर्दशनीका करिब एक सयवटा स्टलहरु रहने उनले जानकारी दिए । जसमा थारु जातिले माघी पर्वमा खाने विशेष खाना परिकार ढिक्री, अन्डिक भात, खिचरी, तिलको लड्डु, लाईमुरही, भुजा, अन्डी जाँडको झोल, दारु, केराको तरुवा, सखरखण्ड, खरिया, सुँगुर÷बंगुरको मासु, परेवाको मासु, माछा, घोघी, गंगटो, सिधरा (मसुलार), आलू सिन्की, बयरको चटनी, बरिया, चामलको गुरी, काथ्या रोटी, अन्डीक रोटी, तेलपौर रोटी, झझ्रा रोटी लगायतका परिकार पाइनेछ।
थारुहरुको मातृसंस्था थारु कल्याणकारिणी सभाले अगुवाइ गरेर काठामाडौंमा विगत २० वर्षदेखि माघी पर्वलाई महोत्सवको रुपमा मनाउँदै आएको छ । जसमा थारू विद्यार्थी समाज, थारू महिला समाज, थारू पत्रकार संघ, थारू सांस्कृतिक संघलगायतका २० बढी सामाजिक संस्थाहरूले संयुक्त रुपमा साथ दिँदै आएको छ ।
सम्बन्धित समाचार
क्रम्पटनले ल्यायो दसैँ विशेष उत्सव योजना – २५ प्रतिशतसम्म क्यासब्याक र बम्पर उपहार
बजाज पल्सर एनएस सिरिजको ब्रान्ड एम्बेसडरमा रविन्द्र ढाँट
बजाज चेतकद्वारा ‘चेतक फेस्टिभ फाइभ’ अफर सार्वजनिक
नेप्सेमा गिरावट, परिसूचक २६ सय विन्दुमा झर्यो
सीजी डिजीटलले ल्यायो “घरको खुसी, दशैं तथा तिहारको उमंग” — २५ % सम्मको छुट स्योर सट उपहार र भाग्यशाली ड्रको विशेष अफर
इसेवाद्वारा ‘बाइ नाउ, पे लेटर’ सेवा सार्वजनिक, इसेवाबाटै किस्ताबन्दीमा विद्युतीय स्कुटर खरिद गर्न सकिने
ट्रेन्डिङ
२०८३ असोज ८ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
इसेवा र सिटिजन्स बैंकद्वारा अपाङ्गता भएका व्यक्तिका लागि ‘स्वावलम्बन कर्जा’ सुरु
२०८३ असोज ११ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एजेन्सी दर्तासम्बन्धी नियम व्यवसायमैत्री बनाउन नाइमाको आग्रह
यस दशैंमा आयोनको विशेष उपहार, आकर्षक अफरसहित तत्काल डेलिभरी

